विक्कीसँग कटरीनाको यस्तो चाहना « Khabarhub

विक्कीसँग कटरीनाको यस्तो चाहना


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिकभास्कर)– अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल अफेयरका कारण लामो समयदेखि चर्चामा छन् । ‘भूत पार्ट वन’को स्क्रिनिङमा होस् या अम्बानी पीरामलको होली पार्टीमा होस्, दुवैजनालाई सँगै देखिनुले उनीहरु अफेयरमा छन् भन्ने कुराको केही हदसम्म प्रमाणित गरिदिएको छ ।

रोचक कुरा के छ भने यी दुवै कलाकारलाई एकैपटक कोरोना पोजेटिभ भएको थियो । यी सबै कुरा एकसाथ भइरहनुले पनि उनीहरु प्रेममा छन् भन्ने कुराको पुष्ट्याइ गरेको छ ।

विक्कीलाई लिएर कटरीना निकै आशावादी छन् । त्यहीकारण उनी विक्की कुनै पनि फिल्ममा अन्य कोही अभिनेत्रीसँग अन्तरंग दृश्य नगरुन भन्ने चाहन्छिन् ।

कटरीना र विक्की सामाजिक सञ्जालको माध्यमबाट आफ्नो सम्बन्ध सार्वजनिक गर्न चाहन्छन् । तर विक्कीका पिता भने आधिकारिक रुपमा सम्बन्ध घोषणा नहोस् भन्ने चाहन्छन् ।

‘विक्कीका पिता शाम कौशल रोमान्सलाई लिएर छोराको नाममा समाचार नबनोस् भन्ने चाहन्छन् । शामले विक्कीलाई अहिले करियर उच्च स्थानमा पुगेको हुनाले कुनै ठूलो कदम नचाल्न भनेका छन् ’, विक्की निकट स्रोतले भनेको छ ।

कटरीना विक्कीभन्दा चार वर्ष जेठी छिन् । सम्बन्धको कुरा गर्दा विक्कीको अफेयर ‘ब्रोकन बट ब्यूटीफूल’ फेम हरलीन सेठीसँग थियो ।

कटरीना पनि रणवीरसँग लिभ इन रिलेसनमा रहिसकेकी छन् । उनको नाम सलमानसँग पनि जोडिएको थियो । तर आधिकारिक पुष्टि भइसकेको छैन ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १० : ४५ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार