विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ « Khabarhub

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घरमा अध्यापन गराउँदै आएका शिक्षक कोजुले ती किशोरीलाई भोज खान बोलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले प्रहरीले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई तेक्वाण्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाई तेक्वाण्डो खेल राम्रोसँग सिकाइदिन्छु भन्दै दर्व्यहार गरेको जाहेरी आएपछि प्रहरीले पक्राउ गरेको हो  ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ८ : ४० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि