काठमाडौं महानगरपालिकाद्वारा फुटबल क्लबलाई सहयोग तथा सम्मान « Khabarhub

काठमाडौं महानगरपालिकाद्वारा फुटबल क्लबलाई सहयोग तथा सम्मान


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका ‘ए’ डिभिजन लिगका फुटबल क्लबलाई सम्मान तथा बी र सी डिभिजनका क्लबलाई आर्थिक अनुदान उपलब्ध गराएको छ । सोमबार एक कार्यक्रम आयोजना गरी महानगरले सहिद स्मारक ए डिभिजन लिगमा सहभागी तथा विजयी क्लबलाई प्रमाणपत्रसहित सम्मान गरेको हो । यस्तै,  बी र सी डिभिजन क्लबलाई क्रमश ३ र २ लाख रुपैयाँ अनुदान दिएको हो ।

अनुदान पाउने क्लबहरुमा बी डिभिजनका अन्नपूर्ण क्लब, टुसाल युवा क्लव, कुमारी युवा क्लब, बाँसबारी युवा क्लब र व्वाईज युनियन क्लब छन् । यस्तै, सी डिभिजनका सानो गौचरण क्लब, महाविर क्लब, समाज कल्याण खेलकुद क्लब, प्लानिङ वाइज युनाइटेड, स्वयम्भु क्लब, मनोहर एकीकृत क्लब र समाजिक युवा क्लब छन् ।

अनुदान हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका भित्रका क्लबहरुलाई आर्थिक रुपमा सघाउन पाउँदा खुसी लागेको बताए । ‘हामीले यसअघि ए डिभिजन लिगलाई सहयोग गर्दा जितेर आउनुस्, हामी सम्मन गछौं भनेका थियौं । त्यो गर्यौं,’ शाक्यले भने, ‘अब आगामी दिनमा जित्ने गरी खेल्न खेलाडीलाई आग्रह गर्दछु ।’

उनले आगामी दिन महानगरले खेलकुदको विकास र पूर्वाधारमा थप सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

यस्तै, कार्यक्रममा बोल्दै उप–मेयर हरिप्रभा खड्कीले महिला खेलकुदको विकास मा पनि ध्यान दिनु पर्ने बताइन् । उनले आगामी दिनमा महिला फुटबल टोलीका लागि पनि यस्ता सम्मान र सहयोगका कार्यक्रम गर्नुपर्ने बताइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले महानगरपालिकाले खेलकुदको विकासमा सहयोग गरेको बताउँदै आगामि दिनमा पनि साथ निरन्तर रहने विश्वास व्यक्त गरे ।

उनले महानगरपालिकासँग क्लबहरुका लागि काठमाडौंमा जग्गा उपलब्ध नभएको उल्लेख गर्दै छिमेकी नगरपालिकाहरुसँग समन्वय गरी जग्गा उपलब्ध गराउन सहयोगको माग गरेका छन् । यसैगरी महानगरले फुटबलको पूर्वाधार विकासमा सहयोग गर्नु पर्ने पनि अध्यक्ष शेर्पाले आग्रह गरे ।

यसअघि महानगरभित्रका ए डिभिजनका क्लबलाई काठमाडौँ महानगरपालिकाले ६ लाख नगद तथा ४ लाख बराबरको खेल सामाग्री सहयोग गरेको थियो ।

सहिद स्मारक ए डिभिजन लिग जित्न सफल भएको मनाङ– मर्स्याङ्दी क्लब र दोस्रो भएको संकटा क्लबलाई बधाई दिँदै अन्य क्लबलाई आगामि दिनमा राम्रो गर्ने महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ४७ बजे

कांग्रेसद्वारा भयरहित वातावरणमा चुनाव गराउन सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण

बसबाट खसेर पेप्सीकोलामा वृद्धाको मृत्यु

काठमाडौं– काठमाडौंको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धाको भएको छ ।

गौरादहमा बालेनको घरदैलो : समस्या सुन्दै, आशीर्वाद थाप्दै

झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापामा घरदैलो

भक्तपुरमा एमाले उम्मेदवारद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो

‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’

कोपनहेगन– डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा