सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा पारिश्रमिक घट्दैन– कोष « Khabarhub

सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा पारिश्रमिक घट्दैन– कोष

सूचीकृत हुन कोषको आग्रह


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा श्रमिकको खाइपाई आएको पारिश्रमिक नघट्ने स्पष्ट पारेको छ ।

कोषमा आवद्ध हुँदा श्रमिकको पारिश्रमिक घट्ने भन्दै भ्रामक टिकाटिप्पणी भएको भन्दै कोषले एक विज्ञप्ति जारी गर्दै भ्रममा नपर्न पनि अपिल गरेको छ ।

कोषले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रम ऐन, २०७४ को दफा १७८ को उपदफा ३ र दफा ३४ को उपदफा ३ ले श्रमिक, कर्मचारी सेवा सुविधाको सुरक्षाको कानूनी प्रत्याभूती गरिसकेको सन्दर्भमा कोषमा आवद्ध हुँदा खाइपाइ आएको सुविधा नघट्ने स्पष्ट छ। यद्यपी स्पष्ट कानूनी व्यवस्थामार्फत श्रमिकले पाइरहेको सुविधा घटाउन नपाउने प्रत्याभूति हुँदाहुर्दै पनि भ्रमपूर्ण सूचना संप्रेक्षण नगराउन अनुरोध गर्दछौं ।’

त्यस्तै सामाजिक सुरक्षा योजना निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकका लागि अनिवार्य भएको हुँदा यथाशीघ्र सूचीकृत हुन पनि कोषले आग्रह गरेको छ। सूचीकृत नहुने रोजगारदातालाई पनि ऐन लाग्ने कोषले जनाएको छ।

कोषले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १२ : ५५ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६