राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आदिवासी जनजाति महासंघको माग « Khabarhub

राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आदिवासी जनजाति महासंघको माग


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कानुन बमोजिम कडा कारबाही गर्न नेपाल आदिवासी जनजाति महासंघले माग गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै महासंघले होटल सञ्चालक र दुर्व्यवहार गर्ने व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको हो ।

‘राउटे समुदायका दुई युवतीहरुमाथि भएको यौन दुर्व्यवहार सम्बन्धमा नेपालका सम्पूर्ण आदिवासीहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

जुनसुकै हिंसा मानवअधिकार विरोधी कार्य भएको र यौन हिंसा चरम मानव अपराध भएको महासंघले उल्लेख गरेको छ ।

मञ्जुरी विना तस्वीर तथा भिडियो खिच्ने, गलत नियतले राउटे युवतीलाई होटलमा ल्याउने, मादक पदार्थ सेवन गराउने र यौन दुर्व्यवहार गर्ने जस्ता कार्यहरु घृणित मानवता विरोधी र अक्षम्य कार्य भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ३ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना