स्लिम बन्ने बहानामा तपाईंले गर्ने ७ गल्तीहरु « Khabarhub

स्लिम बन्ने बहानामा तपाईंले गर्ने ७ गल्तीहरु


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्लिम बन्न कसलाई मन नहोला ? सबै स्लिम र आर्कषक शरीर चाहान्छन् । तर स्लिम बन्न सजिलो भने छैन । अझ स्लिम बन्ने बहानामा निम्न गल्ती गर्नु हुँदैन ।

१. खाना घटाउने
स्लिम बन्ने बहानामा अधिकांश मानिसले गर्ने एउटै साझा उपाय हो, खाना कम खाने । तर, खाना कम खाँदा क्यालोरीमात्र होइन, शरीरलाई आवश्यक पर्ने अन्य पदार्थको घट्छ । जसका कारण शरीर निरोगी र बलियो बन्न पाउँदैन । यसले उल्टै अनेकौं रोग निम्त्याउँछ ।

२. खाजामा जुस खाने
बिहानको खाजा खादाँ मोटाइने डरले धेरै मानिस डायटिङका नाममा एक ग्लास जुस पिउँछन् । तर भइदिन्छ उल्टो । जुस पिउँदा रगतमा सुगरको मात्रा बढ्दछ, जसले अतिरिक्त इन्सुलिन उत्सर्जन हुन्छ र झन भोक लाग्छ र मानिस झन् खान थाल्दछ ।

३. अनावश्यक चिन्ता
दुब्लाउने सोचमा रहेकाहरु चाहाना अनुसार घट्न नसक्दा अनावश्यक चिन्ता लिन्छन् । तर बुझ्नु पर्ने कुरा के हो भने, डायटिङ गर्न थालेको २ सातामा ह्वातै वजन घट्छ त्यसपछि वजन घट्ने क्रम कम हुन्छ । त्यसैले चिन्ता लिन छाड्नुस् डाइटिङ जारी राख्नुहोस् ।

४. निन्द्रा कम हुनु
धेरै सुत्यो भने झन् वजन बढ्छ भन्ने भ्रमका कारण मानिसहरु कम सुत्छन् । तर, स्लिम शरीरकालागि पर्याप्त निद्रा आवश्यक पर्दछ । साथै अनिद्राले भोकको स्तर निर्धारण गर्दछ । अर्थात्, कम सुतेमा बढी भोक लाग्छ र वजन घट्नुको सट्टा उल्टो बढ्दछ ।

५. व्यायाममा भ्रम
सधैँ एकैखालको व्यायाम गरेर सोचेजति स्लिम बन्न सकिँदैन । अझ व्यायाम थप्दै नगए पनि दुब्लाउन सकिदैँन । साथै व्यायामको सन्तुलन मिलाउन नसक्दा पनि दुब्लाइदैन । र सबैभन्दा मुख्य कुरा व्यायाममा अल्छि गर्नेहरु कहिल्यै दुब्लाउन सक्दैनन् ।

६. फ्याट वा सुगर फ्री खाना
बजारमा पाइने फ्याटफ्री वा सुगर फ्री खाद्य परिकार खाएर स्लिम बन्ने चाहाना छ भने यो भ्रम हो । यस्ता फ्याट अथवा सुगरफ्री खानाले भोक अझ बढाउँछ । जसले खानाको मात्रा बढ्न गई क्यालोरी इन्टेक पनि बढ्छ र शरीर अझ मोटाउन जान्छ ।

७. खाना खादाँ यि गल्ती
अहिले अधिकाशं मानिले खाना खादाँ गर्ने गल्ती भनेको, रेडियो सुन्ने, टीभी हेर्ने, फोनमा कुरा गर्ने, कुनै वाचन सुन्ने वा मोवाइल हेर्ने गर्दछन् । तर खाना खादाँ यसरी मन डुलाएर खाएमा थाहै नपाई बढी खाइन्छ र झन् मोटाइन्छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १२ : ४३ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र