गोङ्गबुमा नेविसंघको विरोध प्रदर्शन « Khabarhub

गोङ्गबुमा नेविसंघको विरोध प्रदर्शन


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौँको गोङ्गबु चोकमा नेविसंघका विद्यार्थीले सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीतिको विरोध गर्दै प्रदर्शन गरे ।

प्रदर्शनका क्रममा उनीहरूले सरकार बिरोधी नारा लगाउँदै चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति फिर्ता लिन माग गरेका छन् । नेविसंघले उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै नाराबाजी गरेका थिए ।

केहीबेर प्रर्दशन गरेपछि प्रहरीले नेविसंघ महामन्त्री दीपक भट्टराईसहित केही विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ६ : ४५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने