मापसे गरी सरकारी मोटरसाइकलमा सवार अधिकृत प्रहरीको फन्दामा « Khabarhub

मापसे गरी सरकारी मोटरसाइकलमा सवार अधिकृत प्रहरीको फन्दामा


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निषेधाज्ञाको समयमा मादक पदार्थ सेवन गरी सरकारी मोटरसाइकलमा सवार अधिकृतसहित अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मापसे गरी मोटरसाइकल चलाएको पाइएपछि महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले कृषी तथा पशुपति विकास मन्त्रालय अन्तर्गत विकेन्द्रित आयोजना सहयोग इकाइमा कार्यरत शाखा अधिकृत हुमनाथ अर्याल र अर्का खगेश्वर पाठकलाई नियन्त्रणमा लिएको हो ।

तस्वीर – पत्रकार छायाँचन्द्र भण्डारीको फेसबुकबाट ।

घटना गत विहीबारको हो । प्रभागका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार बा २ ब ५४२५ नम्बरको सरकारी मोटरसाइकल चालक खगेश्वर पाठक र शाखा अधिकृत हुमनाथ अर्याललाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरेर छाडिएको छ।

कानून विपरीत हिड्ने जो कोहीलाई कारबाही गरिने प्रहरी निरीक्षक खड्काले बताए ।

तस्वीर – पत्रकार छायाँचन्द्र भण्डारीको फेसबुकबाट ।

 

 

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ५ : २० बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ