राष्ट्रिय आविस्कार केन्द्र र ब्रिटिश कलेजले कोभिड–१९ राहत कार्यमा सहकार्य गर्ने | Khabarhub Khabarhub

राष्ट्रिय आविस्कार केन्द्र र ब्रिटिश कलेजले कोभिड–१९ राहत कार्यमा सहकार्य गर्ने


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  थापाथलीस्थित रहेको द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् ।

दुवै संस्थाले संयुक्त रुपमा नेपालको वर्तमान संकटको अवस्थामा सहयोगको निम्ती नेशनल इनोभेशन सेन्टर लाई थप उर्जाशील बनाउन र राहतकार्य लाई अझ सुदृढ पार्नको लागि एक परियोजना अगाडि बढाउने भएका हुन् ।

कलेजका निर्देशक महेन्द्र राज कँडेलले भने,’नेशनल इनोवेशन सेन्टरसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । ब्रिटिश कलेजले लामो समयदेखि यस्ता प्रकारको साझेदारी र सामाजिक कार्यहरू गर्दै आएको छ । हामी विश्वास गर्दछौँ कि कोभिड १९ विरूद्ध लड्न यसले धेरै सहयोगी भुमिका खेल्नेछ । आउने दिनमा पनि यी प्रकारका साझेदारी र सिएसआर गर्दै जानेछौँ ।’

सामूहिक रूपमा, टिबिसी र एनआइसीले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवयश्क स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने लक्ष्य राखेको छ ।

यो संकटको समयमा आम मानिसलाई आवश्यक सेवाहरू प्रदान गरिने बताइएको छ । यसका लागि टिबिसीले राष्ट्रिय आविस्कार केन्द्रलाई अनुदान दिनेछ । यो उदेश्यक प्राप्तिका लागि एनआइसीले सांगठनिक र व्यक्तिगत रुपमा निरन्तर अनुसन्धान गर्दै योगदान गर्नेछ ।

यस क्रममा संयुक्त रुपमा टिबिसी र एनआइसीले कोभिड–१९ राहत कार्यक्रमलाई विभिन्न तरिकाले अगाडि बढाइने बताइएको छ ।

कोभिड राहतको क्षेत्रमा नयाँ घटनाक्रमको बारेमा अनुसन्धान गर्ने, फ्रन्टलाइन खटेर कामगर्नेहरूलाई सहयोग पुर्‍याउन सुरक्षात्मक उपकरण विकास गर्ने, र भेन्टिलेटरजस्ता सान्दर्भिक चिकित्सा उपकरणहरू मर्मत गर्ने र ल्याउने कामलाई  सञ्चालनमा ल्याउनेछ।

वितरण र पहुँच केन्द्रित गर्ने सुनिश्चित गर्नको लागी सबैभन्दा धेरै खाँचोमा परेकाहरुलाई सहयोग पुर्‍याइनेछ । टिबिसीको इनोवेशन हब र इनक्युबेशन सेन्टरमा कलेजका विद्यार्थीहरूद्वारा सम्बन्धित प्राजेक्टमा अनुसन्धान हुनेछ ।

एनआईसी अधिकारीहरूद्वारा निरिक्षण र प्रोत्साहन गर्नका लागि सेमिनार, वेबिनारहरू र कार्यशालाहरू गर्नेछन् । यसले महामारीका बीच कसरी संकटको सामना गर्ने सोच विकास गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ३ : ५१ बजे

एनपीएल खेल्न नेपाल आए इंग्ल्याण्डका सेफ अली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का सुदूरपश्चिम रोयल्समा आवद्ध इंग्ल्याण्डका

विजयले सुरु गरे ‘लाज शरणम्’को छायांकन

काठमाडौं – पूर्ण बहादुरको सारङ्गी फेम्ड विजय बरालले ‘लाज शरणम्’को

गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन्। गोदावरी

सरकारी सञ्चारमाध्यमलाई प्रतिस्पर्धी बनाइन्छ : सञ्चारमन्त्री गुरूङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमैत्री पृथ्बी सुब्बा गुरूङले सरकारी

आजका समाचार : प्रधानमन्त्रीले खोजे नतिजा, बिल नतिर्ने उद्योगको खाता रोक्का हुँदै, मध्यपूर्व रोकियो युद्ध

लक्ष्य हासिल गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री केपी शर्मा