काठमाडौँमा गर्मी बढ्यो, सबैभन्दा धेरै भैरहवामा ३८ डिग्री सेल्सियस मापन « Khabarhub

काठमाडौँमा गर्मी बढ्यो, सबैभन्दा धेरै भैरहवामा ३८ डिग्री सेल्सियस मापन


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिन यता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँको तापक्रम ३१ डिग्री सेल्सियस आसपास पुगेको हो ।

शनिवार हिजो ३० डिग्री थियो भने शुक्रबार २९ दशमलव ४ प्रतिशत थियो त्यस्तै विहिबार ३१ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसमविद् मिनकुमार अर्यालका अनुसार उपत्यका सहित देशका प्राय सबैजसो ठाउँमा तापक्रम बढेको छ ।

मौसमविद् अर्यालका अनुसार केही दिनसम्म मौसम बद्ली भई पानी परेको र त्यसपछि मौसम सफा भई घाम लागेकाले जमिन तात्तिँदा बढी गर्मी महसुस भएको हो ।

पूर्वानुमान महाशाखाका अनुसार आइतबार सबैभन्दा बढी भैरहवामा ३८ डिग्री सेल्सियस तामक्रम मापन गरिएको छ । त्यस्तै नेपालगञ्ज र धनगडीमा ३७ डिग्री र जनकपुरमा ३६ डिग्री मापन गरिएको छ ।

मौसम सफा भएर जमिन तात्तिएकाले रातको समयमा पनि गर्मी महसुस हुन थालेको छ । एक-दुई दिन मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

आउँदो मंगलबारदेखि भने प्रि मनसुन थप सक्रिय भएर मुलुकका विभिन्न ठाउँमा पानी पर्ने पूर्वानुमान गरिएको छ ।

कहाँ कति ?

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  ८ : ०० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६