खाद्यान्नमा मूल्य छुट : आकाशको फल आँखा तरी मर | Khabarhub Khabarhub

खाद्यान्नमा मूल्य छुट : आकाशको फल आँखा तरी मर



काठमाडौँ– खाद्यान्नमा २० छुट दिने सरकारी घोषणा गत ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ र ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ ले शुक्रबारदेखि कार्यान्वयन गरेका छन् ।

निषेधाज्ञा अवधिभरका लागि खाद्यान्न तथा खाना पकाउने ग्यासमा सरकारले बजेट वक्तव्यमार्फत २० प्रतिशत छुटको व्यवस्था गरेको थियो ।

जेठ १५ गते सार्वजनिक गरिएको आय–व्यय (बजेट) वक्तव्यको बुँदा संख्या ५५ मा भनिएको छ, ‘निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल, पीठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु ।’

अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत सार्वजनिक गरेको छुटको सुविधा यी दुई कम्पनीले ६ दिनपछि कार्यान्वयनमा ल्याएका हुन् । कोरोना महामारीको समयमा यो छुटले धेरैलाई राहत दिने अपेक्षा गरिए पनि धेरै उपभोक्ताले सास्ती खेप्नु परेको छ ।

छुट लिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री कक्षमै पुग्नु परेपछि उपभोक्ताले छुटको सुविधा उपभोग गर्न सास्ती भोग्नु परेको हो । छुट पाउन यी दुई कम्पनीका बिक्री डिपो नजिक घर हुनुपर्छ, टाढाका लागि आकाशको फल आँखा तरी मर भने जस्तै छ ।

साल्ट ट्रेडिङ बिक्री कक्ष भक्तपुरको सूर्यविनायक, जडीबुटी, जावलाखेल, कालीमाटी, सतुङ्गल र अन्य दुई ठाउँमा छन् ।

बिक्री कक्षमा भिड

उपत्यकाको ७ ठाउँमा रहेका बिक्री कक्षबाट दैनिक ८ सयभन्दा बढी उपभोक्ताले सुविधा लिइरहको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राज भण्डारीले बताए ।

शुक्रबारदेखि छुट लागु भएपछि उपभोक्ताको भीड लागेको उनको भनाइ छ । प्रवक्ता भण्डारीले खबरहबसँग भने, ‘हामीले भौतिक दूरी, मास्क र स्यानिटाइजर अनिवार्य गरेका छौँ, छुट पाउने भएपछि भिड त बढ्ने नै भयो ।’

त्यस्तै साल्ट ट्रेडिङले अहिले खाना पकाउने ग्यास बजार मूल्यभन्दा प्रतिसिलिन्डर २८० रुपैयाँ कममा बिक्री गरिरहेको छ । बजार भाउ प्रतिसिलिन्डर १ हजार ४ सय रुपैयाँमा छ । ग्यासमा छुट पाउन साल्ट ट्रेडिङको सिलिन्डर प्रयोग गरेको हुनुपर्छ ।

उपभोक्ताले खाना पाकाउने ग्यास कोटेश्वर, कालीमाटी र सतुङ्गलबाट मात्र किन्न पाउनेछन् । एउटा सिलिन्डरमा झण्डै ३ सय रुपैयाँ छुट पाउने भएपछि बिक्री कक्षमा ३ दिनयता ग्यास किन्नेहरूको भिड बढेको प्रवक्ता भण्डारीले बताए ।

छुटमा बिक्री भइरहेको खाद्यान्न किन्न उपभोक्ताले नागरिकताको प्रमाणपत्र वा सरकारद्वारा जारी गरेको कुनै प्रमाणपत्र देखाउनुपर्छ ।

होमडेलिभरीमा छुट छैन

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्ना बिक्री कक्षबाट मात्र २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गरेको छ ।

कम्पनीका बिक्री कक्ष रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायकबाट चामल र कर्णालीको सिमी छुटमा बिक्री भइरहेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् ।

उनका अनुसार अरुवा मोटो चामल, अरुवा मकवानपुर चामल, अरुवा सोना मसिनो चामल, स्टिम सोना मसिनो चामल, अरुवा मध्यम चामल, स्टिम रञ्जित चामल, स्टिम जिरा मसिनो चामल र कर्णालीको सिमीमा साविक बिक्री मूल्यमा २० प्रतिशत छुटले बिक्री भइरहको छ ।

अनलाइन र फोनमार्फत पनि उपभोक्ताहरूले खाद्यान्न अर्डर गर्ने गर्छन् । छुट पाउन भने बिक्री कक्षमै पुग्नुपर्छ । सरकारले दिएको छुट पाउन बिक्री कक्षमै पुग्नुपर्ने व्यवस्थाबारे प्रवक्ता न्यौपाने भन्छिन्, ‘अनलाइन भनेपछि बिना लागत हामीले उपभोक्ताको घरदैलोमा पुर्‍याउछौँ, त्यो त आफैँमा सहुलियत भयो नि, त्यसमा छुट सम्भव हुँदैन ।’

उपभोक्ताहरू असन्तुष्ट

दुबै कम्पनीले खाद्यान्नमा छुट दिने भने पनि राजधानीमै बस्ने धेरैले यो सुविधाको प्रयोग गर्न पाएका छैनन् । सरकारले खाद्यान्नमा २० प्रतिशत छुट दिने भनेपछि देशका विभिन्न जिल्लामा रहेका मानिसहरूले यो सुविधा कसरी लिने भन्दै यी कम्पनीहरूसँग सम्पर्क पनि गरिरहेका छन् ।

बिक्रीको दायारा फराकिलो बनाउन भन्दा पनि देखाउनका लागि मात्र छुट दिएको भन्दै उपभोक्ताहरूले असन्तोष प्रकट गर्न थालेका छन् ।

छुटमा चामल किन्न चाहेकी बौद्धकी शान्ता चौधरी भन्छिन्, ‘सरकारले खाद्यान्नमा छुट दिने भन्ने सुनियो तर त्यो छुट कहाँबाट लिने, हाम्रा घरअगाडिका पसलले त दिँदैनन्, थाहा छैन भन्छन् ।’

होम डेलिभरीमा छुट नपाएकोमा पनि उपभोक्ताहरूको गुनासो छ । उनीहरू लकडाउन छ, टाढा जान सकिँदैन, घरछेउमा छुट पाइँदैन भन्ने गुनासो गर्छन् ।

 

छुट दिने कम्पनीका बिक्री कक्ष नजिककाले मात्रै सुविधा पाउनु र अरूले सुविधा उपभोग गर्न नपाउनु पनि विभेद हो भन्ने गुनासो पनि उपभोक्ताहरूको सुनिएको छ ।

काठमाडौँ उपत्यकाका उपभोक्ताको त यस्तो हालत छ भने दुर्गममा के होला !

 

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : १० बजे

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

गण्डकी–  जेन-जी आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि प्रदेशसभाको कामकारबाही

परराष्ट्र प्रवक्ता भन्छन् : विपिनको अवस्थाबारे इजरायलले औपचारिक जानकारी दिएको छैन

काठमाडौं- सन् २०२३ अक्टोबर ७ तारिखदेखि गाजास्थित विद्रोही समूह हमासको

बेल्जियमको एन्त्रोपमा दसैँ-तिहार र छठको शुभकामना कार्यक्रम आयोजना 

बेल्जियम– बेल्जियमको एन्त्रोपमा दसैँ, तिहार,नेपाल सम्वत, छठ र ल्होसार पर्वको

अनलाइनबाटै जलेका कागजात पुनः प्राप्त गर्न सकिने

काठमाडौं– गत भदौ २३ र २४ गते ‘जेन-जी’ युवाहरूको आन्दोलनका

मुख्यमन्त्री कार्यालयको सभाहलबाट प्रदेशसभाको बैठक

बागमती– बागमती प्रदेशसभाको बैठक हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट