आज नेप्से ०.२१ अंकले घट्यो, १५ अर्ब ८१ करोडको कारोबार « Khabarhub

आज नेप्से ०.२१ अंकले घट्यो, १५ अर्ब ८१ करोडको कारोबार


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार शेयर बजार मापक नेप्से परिसूचक ०.२१ अंकले घटेको छ । हिजो आइतबार हालसम्मकै उच्च अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से साताको दोस्रो कारोबार दिन आज भने ओरालो लागेको हो ।

सोमबार सुरुवातमा उच्च अंकले बढेको शेयर बजार केही करेक्सनसहित बन्द भएको छ । २९२८ अंकसम्म पुगेको बजारमा सामान्य करेक्सन देखिएको छ ।

बजार ०.२१ अंकले घटेर २९०६.७ मा बन्द भएको छ । सोमबार १५ अर्ब ८१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । वित्तीय क्षेत्रतर्फको विकास बैंक फाइनान्स, जीवन र निर्जीवन बीमा समूह भने बढेको छ । लघुवित्त मात्र ओर्लिएको छ ।

बैंकिङ समूह अन्तर्गत कारोबार भएका सबै वाणिज्य बैंकहरुको मूल्य घटेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले घटेर ५२०.६३ को विन्दुमा झरेको छ । नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ ।

यो दिन विकास बैंक समूह सर्वाधिक २६०.०६ अंकले उकालो लागेको छ । वित्त समूह १६२.९४ अंकले बढेको आज जलविद्युत समूहमा ९१.६५ अंक, निर्जीवन बीमा समूहमा ३१.६५ अंक, अन्य समूहमा ५.१ अंक, जीवन बीमा समूहमा १६.०४ अंक र म्युचुअल फन्ड समूहमा ०.१ अंकको बढोत्तरी भएको छ ।

यो दिन व्यापार समूह सर्वाधिक ९२.२७ अंकले ओरालो लागेको छ । होटेल तथा पर्यटन समूह ४२.४९ अंकले घटेको आज बैंकिङ समूहमा ३१.७४ अंक, उत्पादन तथा प्रशोधन समूहमा २१.२ अंक, लघुवित्त समूहमा २२.४३ अंक र लगानी समूहमा ०.१ अंकको गिरावट आएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ५ : ०६ बजे

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब