ब्राण्डेड स्टिकर टाँसेर नक्कली कस्मेटिक उत्पादन गर्ने कारखाना सिल « Khabarhub

ब्राण्डेड स्टिकर टाँसेर नक्कली कस्मेटिक उत्पादन गर्ने कारखाना सिल


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  ब्राण्डेड कम्पनीको स्टिकर टाँसेर नक्कली कस्मेटिक उत्पादन गरेको आरोपमा प्रहरीले काठमाडौंको सानो भर्‍याङस्थित कस्मेटिक कारखानामा  छापा मारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतीय नागरिक राजन जैसवालले सञ्चालन गरेको कारखानामा उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको टोलीसहिले छापा मारेको हो ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार थानकोट बस्ने जैसवालले नाम चलेका ब्राण्डका स्टिकर टाँसेर कमसल कस्मेटिक उत्पादन गरेर बेच्ने गरेको सूचनाका आधारमा उक्त कारखानमा छापा मारेको हो ।

कारखाना वाणिज्य विभागले सिल गरेको छ । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : ३५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि