बार्सिलोनाविरुद्वको खेलमा सलाह र फिर्मिनो नखेल्ने « Khabarhub

बार्सिलोनाविरुद्वको खेलमा सलाह र फिर्मिनो नखेल्ने


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई चोट लागेपछि बार्सिलोनाविरुद्द च्याम्पियन्सलिग सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन्।

शनिबार राति प्रिमियर लिगको खेलमा न्युक्सलविरुद्वक घाइते भएका उनी लिभरपुलको महत्त्वपूर्ण खेलमा टिम बाहिर रहने भएका हुन्।

पहिलो लेगमा बार्सिलोनासँग ३-० ले हारेको लिभरपुलका लागि सलाह टिममा नभएपछि जित निकाल्न कठिन देखिन्छ तरपनि प्रशिक्षक योर्गन क्लोपले आफ्नो टिमले ४-० को जित निकाल्ने विश्वास व्यक्त गरेका छन्।

उनले भने,`यो निकै असहज परिस्थिति हो । हामी विश्व फुटबलका दुई स्टार खेलाडी टिममा नहुँदा पनि ४-० गोल अन्तरको नतिजा निकाल्छौ। गएको शनिबार प्रिमियर लिगमा न्युक्यासल विरुद्व ३-२ को जित हात पार्दा सलाहले एक गोल गरेका थिए।

घाइते भएपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको थियो त्यस्तै, फिर्मिनोले मसल इन्जुरीका कारण न्युक्यासल विरुद्वको खेल पनि गुमाएका थिए ।

बार्सिलोना र लिभरपुल मंगलबार खेल्नेछन्। जित हात पार्ने टोली फाइनल प्रवेश गर्नेछ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ७ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै