नसियत पाएका डीएसपी खड्कामाथि छानबिन थालियो « Khabarhub

नसियत पाएका डीएसपी खड्कामाथि छानबिन थालियो


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक अनियमितता लगायतका विषयमा उजुरी परेपछि नसियतसहित कारवाहीमा परेका महानगरीय प्रहरी बृत्त सोह्रखुट्टे प्रमुख डीएसपी दिपक खड्कामाथि छानबिन शुरु भएको छ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार, एसपी श्याम चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरी खड्कामाथि छानविन थालिएको हो ।

कार्यालयमा आउने सेवाग्राहीलाई चुस्त सेवा नदिएको तथा निषेधाज्ञाको समयमा पनि ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने गरेको जस्ता आरोपमा नसियत पाएका डीएसपी खड्का माथि अनुसन्धान अघि बढाइएको कार्यालयका प्रमुख एआईजी हरि पालले बताए ।

एआईजी पालले भने, ‘उसका बारेमा धेरै गुनासो आएपछि हामीले गुनासोलाई भेरिफाई गरेको हो, त्यसो गर्दैजाँदा उनी दोषी देखिएएपछि हामीले रेकर्डमा जनिने गरी नैसियत दिएका थियौँ। अहिले एसपीको नेतृत्वमा समिति गठन गरेर छानविन भइरहेको छ ।’

डीएसपी माथि छानविन गर्न उक्त समितिलाई एक साताको म्याद दिइएको छ । विगत १६ महिनादेखि साह्रखुट्टेमा कार्यरत खड्का कारवाहीमा परेपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँमा तानिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १२ : ३६ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि