‘सिंघम’ पछि ‘कैथी’मा अजय र काजल | Khabarhub Khabarhub

‘सिंघम’ पछि ‘कैथी’मा अजय र काजल


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता अजय देवगन ‘मे डे’, ‘भुजः द प्राइड अफ इण्डिया’सहित केही अन्य प्रोजेक्टमा व्यस्त छन् । गत महिना अजयले कार्थी स्टारर फिल्म ‘कैथी’को रिमेक गर्ने घोषणा गरेका थिए ।

फिल्म ‘कैथी’ बक्सअफिसमा सफल फिल्म हो । व्यावसायिक सफलतासँगै यो फिल्मले गीत बिनाको फिल्ममा पनि महिला पात्रले सशक्त अभिनय गर्न सक्छ भन्ने प्रमाणित गरेर देखाएको थियो ।

फिल्मका निर्माताले ‘कैथी’को हिन्दी रिमेकमा अभिनेत्री काजल अग्रवाललाई अभिनय गराउने योजना बनाएका छन् । जसअनुसार फिल्ममा काजललाई अजयको श्रीमतिका रुपमा अभिनय गराउदै फ्ल्यासब्याक देखाइनेछ । हाल काजलसँग छलफल चरणमा रहेकोले उनको ग्रीन सिग्नल आउनासाथ लकडाउन खुलेपछि सुटिङ सुरु गरिनेछ ।

काजल फिल्म ‘आचार्य’मा देखिँदैछन् । यो फिल्ममा चिरञ्जीवी र रामचरण प्रमुख भूमिकामा छन् ।

अजय अभिनित फिल्म ‘भुजः द प्राइड अफ इण्डिया’ डिजिटल प्लेटफर्म डिस्ने प्लस हटस्टारबाट रिलिज हुने तयारीमा छ । फिल्ममा सञ्जय दत्त, सोनाक्षी सिन्हा, नोरा फतेहीको पनि अभिनय छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ३ : २० बजे

सत्तासँग सिद्धान्त हार्दा दलहरू बदनाम

नेपालको राजनीति फेरि गम्भीर मोडमा पुगेको छ । दलहरू संविधानत निर्णय

जङ्गली हात्ती मृत फेला

झापा– झापाको मेचीनगर नगरपालिका– १ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन

गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू)

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल

बजेट अभावमा निसीखोला आधारभूत अस्पताल अलपत्र

बागलुङ– चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल