‘सिंघम’ पछि ‘कैथी’मा अजय र काजल « Khabarhub

‘सिंघम’ पछि ‘कैथी’मा अजय र काजल


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता अजय देवगन ‘मे डे’, ‘भुजः द प्राइड अफ इण्डिया’सहित केही अन्य प्रोजेक्टमा व्यस्त छन् । गत महिना अजयले कार्थी स्टारर फिल्म ‘कैथी’को रिमेक गर्ने घोषणा गरेका थिए ।

फिल्म ‘कैथी’ बक्सअफिसमा सफल फिल्म हो । व्यावसायिक सफलतासँगै यो फिल्मले गीत बिनाको फिल्ममा पनि महिला पात्रले सशक्त अभिनय गर्न सक्छ भन्ने प्रमाणित गरेर देखाएको थियो ।

फिल्मका निर्माताले ‘कैथी’को हिन्दी रिमेकमा अभिनेत्री काजल अग्रवाललाई अभिनय गराउने योजना बनाएका छन् । जसअनुसार फिल्ममा काजललाई अजयको श्रीमतिका रुपमा अभिनय गराउदै फ्ल्यासब्याक देखाइनेछ । हाल काजलसँग छलफल चरणमा रहेकोले उनको ग्रीन सिग्नल आउनासाथ लकडाउन खुलेपछि सुटिङ सुरु गरिनेछ ।

काजल फिल्म ‘आचार्य’मा देखिँदैछन् । यो फिल्ममा चिरञ्जीवी र रामचरण प्रमुख भूमिकामा छन् ।

अजय अभिनित फिल्म ‘भुजः द प्राइड अफ इण्डिया’ डिजिटल प्लेटफर्म डिस्ने प्लस हटस्टारबाट रिलिज हुने तयारीमा छ । फिल्ममा सञ्जय दत्त, सोनाक्षी सिन्हा, नोरा फतेहीको पनि अभिनय छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ३ : २० बजे

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका

बिपी राजमार्ग : रातको समयमा अनिश्चितकालीन बन्द थप

काभ्रेपलाञ्चोक– बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

दमौली– तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा