आमालाई कुखुरा उपहार « Khabarhub

आमालाई कुखुरा उपहार


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्लाको जोरायल गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गर्न थालेको छ । गाउँपालिकामा सुनौला हजार दिनका १८० आमालाई प्रतिव्यक्ति पाँच कुखुराका दरले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिन थालिएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले जानकारी दिए ।

‘सुनौला हजार दिनका आमालाई सहयोग मिलोस् भनेर हामीले कुखुरा वितरण गर्न शुरु गरेका छौँ, आमालाई राम्रै सहयोग हुनेछ,’ उनले भने । गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत छ वडाका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गरिन थालिएको हो ।

सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्ने उद्देश्यले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिन लागिएको निरौली स्वास्थ्य सेवा केन्द्र प्रमुख गोविन्द विष्टले बताए ।

यो गाउँपालिकामा बहुक्षेत्रीय पोषणका साथै कुखुरा वितरण, कुखुराको दाना र खोर सुधारका लागि समेत बजेट छुट्याइएको पशु शाखा प्रमुख मानबहादुर रानाले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले त्यहाँका विद्यालयमा सेनिटरी प्याड वितरण, हात धुने तरिकाबारे कक्षा सञ्चालन, बाल विकास केन्द्रमा पोषणबारे कक्षा सञ्चालन, स्वास्थ्य, कृषिअन्तर्गत सुनौला हजारका दिनका आमालाई मौसमी तरकारी र फलफूलका बिरुवा वितरण, खानेपानी तथा सरसफाइका क्षेत्रमा सरसफाइसम्बन्धी किट वितरणलगायतका काम सञ्चालन गराइरहेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ८ : ३४ बजे

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री