प्रदेश–२ मा मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तारको तयारी | Khabarhub Khabarhub

प्रदेश–२ मा मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तारको तयारी

कांग्रेस र माओवादीसँग सत्ता सहकार्य हुने


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई आज सरकारमा सहभागी गराउने तयारी गरेको छ ।

सत्ता सहकार्यको लागि आज दुबै दलसँग छलफलमा जुट्दैछन् । तत्कालीन राजपाका चार मन्त्रीलाई बर्खास्त गरेपछि मन्त्रिमण्डल विस्तारमा गर्न मुख्यमन्त्री लालबाबु राउतलाई सकस थियो ।

प्रदेश २ सरकारले ६ वटा मन्त्रालय टुक्रयाएर १० वटा मन्त्रालय बनाएर सत्ता सहकार्य गर्ने अन्तिम चरणमा पुगेको हो । कांग्रेस र माओवादीसँग आज छलफल गरी सहमति पत्रमा हस्ताक्षर गर्ने आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

‘६ वटा मन्त्रालयलाई १० वटा बनाउने हाम्रो पूर्वयोजना नै थियो । त्यसै अनुरुप आजको बैठकबाट १० वटा बनाउने तयारी भएको हो,’ उनले भने, ‘तर कुन कुन मन्त्रालय फुटाउने भन्ने विषय बैठकले नै टुंग्याउने छ ।’

कांग्रेस र माओवादीलाई सत्तामा ल्याउन सरकारले विभिन्न चरणमा दुवै पार्टीसँग छलफल तथा वार्ता जारी राखेको छ । तर वार्ता र छलफल जारी रहँदा पनि निष्कर्षविहीन हुने गरेको थियो ।

दुबै दलले बढी मन्त्रालय माग गरेको कारण सत्ता सहकार्यमा सकस भएको थियो ।

कांग्रेसलाई तीन र माओवादी दुई वटा मन्त्रालय दिने तयारी भएको छ । भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्राएर दुई–दुई वटा मन्त्रालय बनाउन लागेको हो ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १० : १३ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको