काठमाडौँ- दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा उल्लेख्य कमी आएको छ ।
डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ९१ हजार २२७ जनामा संक्रमण भएको छ । यसअघि मंगलबार त्यहाँ दुई महिनायताकै कम ८७ हजार ३४५ जनामा संक्रमण भएको थियो । यसअघि गत चैत्र २१ मा८९ हजार१९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता लगायतार वृद्धि भएको संक्रमण पहिलो पटक १८ वैशाखमा ४ लाख नाघेको थियो ।
संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९० लाख ८८ हजार १७६ पुगेको छ ।
आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार २१३ मा झरेको छ ।
पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ५३ हजार ५५७ पुगेको छ ।
प्रतिक्रिया