बाबुछोरासँग रोमान्स गर्ने यी अभिनेत्री « Khabarhub

बाबुछोरासँग रोमान्स गर्ने यी अभिनेत्री


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडका अभिनेत्रीहरु आफ्नो करियरमा कैयौं अलग–अलग भूमिकामा देखिन्छन् । यीमध्ये केही यस्ता पनि छन् जसले आफ्नो करियरमा बाबुछोरासँग रोमान्सको अवसर पाएका छन् ।

बलिउडकी ‘ड्रीम गर्ल’ हेमा मालिनले ‘शोमेन’ राज कपूरसँग फिल्म ‘सपनों के सौदागर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्म सन् १९६८ मा रिलिज भएको थियो ।

हेमा–रणधीरको जोडी हिट भयो । त्यसपछि दुवैले ‘सेन्सर’, ‘नसीब’, ‘चाचा–भतीजा’ र ‘गिनी एण्ड जोनी’मा देखिए । हेमाले राजको छोरा रणधीरसँग फिल्म ‘हाथ की सफाई’मा अनस्क्रिन रोमान्स गरिन् ।

फिल्म ‘बोबी’ रिलिजको वर्षौपछि कमव्याक गरेकी अभिनेत्री डिम्पल कपाडियाले अभिनेता सनी देओलका साथ फिल्म ‘मञ्जिल– मञ्जिल’, ‘नरसिम्हा’, ‘गुनाह’, ‘आग का गोला’ मा अभिनय गरिन् । फिल्म ‘मञ्जिल–मञ्जिल’को सुटिङको समयमा दुवै अफेयरमा थिए ।

यसको केही वर्षपछि डिम्पल सनीका पिता धर्मेन्द्रसँग सन् १९९१ मा फिल्म ‘दुश्मन देवता’मा अभिनय गरिन् । यो फिल्ममा धर्मेन्द्र र डिम्पलको एक चुम्बन दृश्य पनि थियो । समाचारअनुसार छोरा सनीसँग डिम्पल डेटमा रहेको कुरामा धर्मेन्द्र अनविज्ञ थिए ।

अभिनेत्री रानी मुखर्जीले सन् २००१ मा अभिषेक बच्चनसँग फिल्म ‘बस इतना सा ख्वाब है’मा देखिइन् । यो फिल्मको लोकप्रियतापछि उनीहरुले ‘युवा’, ‘बन्टी और बबली’, ‘कभी अलविदा ना कहना’ र ‘लागा चुनरी में दाग’ जस्ता फिल्ममा अभिनय गरे । रिलमा जस्तै रियलमा पनि उनीहरु जोडी बनिसकेका थिए । तर उनीहरुको सम्बन्ध विवाहसम्म पुग्न सकेन ।

अभिषेकसँग सम्बन्धमा रहिरहँदा रानीले अमिताभ बच्चनसँग सन् २००५ मा फिल्म ‘ब्ल्याक’मा अभिनय गरिन् । फिल्ममा रानी र अमिताभको एक चुम्बन दृश्य पनि थियो । यी दृश्यका कारण नै अमिताभकी श्रीमति जया बच्चन रानीसँग रिसाएकी थिइन् ।

प्रख्यात अभिनेत्री श्रीदेवीले दक्षिण भारतीय फिल्मबाट आफ्नो करियर सुरु गरेकी थिइन् । दक्षिण भारतीय फिल्ममा उनले कैयौं चर्चित अभिनेतासँग अभिनय गरिन् । जसमध्ये अक्किनेनी नागेस्वर राव एक थिए ।

श्रीदेवीले अक्किनेनीसँग फिल्म ‘प्रेमअभिषेकन’मा काम गरिन् । त्यसपछि सन् १९९२ मा अक्किनेनीका छोरा नागार्जुनसँग ‘खुदा गवाह’मा देखिइन् । यसपछि उनले ‘गोविन्दा–गोविन्दा’ सहित तीन फिल्ममा नागार्जुनसँग रोमान्स गरिन् ।

आफ्नो पुस्ताको सफल अभिनेत्री रहेकी रिना रोयले प्रख्यात अभिनेता सुनील दत्तसँग ‘मुकाबला’, ‘बदले की आग’, ‘राज तिलक’,‘ नागिन’ र ‘दर्द का रिश्ता’ जस्ता राम्रा फिल्ममा अभिनय गरिन् । यसपछि उनले सुनीलका छोरा सञ्जयसँग सञ्जयको डेब्यू फिल्म ‘रकी’मा अभिनय गरिन् ।

बलिउडकी ‘धक–धक गर्ल’ माधुरी दीक्षित एक समय प्रख्यात अभिनेता विनोद खन्नासँग फिल्म ‘दयावान’मा अभिनय गरिन् । यो फिल्ममा दुवैको निकै बोल्ड दृश्इ थियो ।

यो फिल्म रिलिजको नौ वर्षपछि माधुरी विनोदका छोरा अक्षयसँग सन् १९९७ मा फिल्म ‘मोहब्बत’मा अभिनय गरिन् । फिल्ममा दुवैको रोमान्टिक क्यामेष्ट्री मिलेको थियो ।

सन् ८०–९० को दशककी प्रख्यात अभिनेत्री जया प्रदाले बलिउडका ‘हीमेन’ धर्मेन्द्रसँग ‘ऐलान–ए–जंग’, ‘कानून की जञ्जीर’, ‘इन्साफ कौन करेगा’, ‘शेरखान’, ‘कभी तो मोहब्बत’ जस्ता फिल्ममा अभिनय गरिन् । धर्मेन्द्रपछि उनले धर्मेन्द्र पुत्र सनीसँग ‘वीरता’, ‘जबरदस्त’ र ‘मैं तेरा दुश्मन’ जस्ता फिल्ममा अभिनय गरिन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १२ : ५० बजे

भारत भ्रमण सकेर स्वदेश फर्किए रवि

काठमाडौं– रास्वपा सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका

आर्थिक विधेयकबाट १७ पृष्ठ गायब, पटक–पटक संशोधन गरेका अर्थमन्त्रीमाथि होला अनुसन्धान ?

काठमाडौं- आर्थिक वर्ष (आ.व.) २०७९/८० को बजेट निर्माण प्रक्रियामा विवाद

‘डिजिटल रूपान्तरण, साइबर सुरक्षा प्रवर्द्धन र सहज सेवा प्रवाह सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर

स्वस्तिक आयाल प्रकरणमा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग

काठमाडौं– राजस्व न्यायाधिकरण विराटनगर इजलासले स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि जोडिएको