पहिलोपटक अनस्क्रिन रोमान्स गर्दै रणवीर–कटरीना | Khabarhub Khabarhub

पहिलोपटक अनस्क्रिन रोमान्स गर्दै रणवीर–कटरीना


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री कटरीना कैफले हालसम्म कुनै पनि फिल्ममा सँगै रोमान्स गरेका छैनन् । रणवीरले फिल्म ‘रामलीला’बाट सफलताको सिढी चढेसँगै उनी नयाँ पुस्ताको सफल अभिनेता बने ।

उता कटरीना बलिउडकै सबैभन्दा स्टाइलिस अभिनेत्री हुन् । जो हरेक फिल्ममा दर्शकका लागि केही नयाँ कुरा दिन्छिन् । यो जोडीलाई पर्दामा एकसाथ हेर्ने दर्शकको चाहना अब पुरा हुने भएको छ ।

निर्देशक जोया अख्तरले रणवीर र कटरीनालाई चाँडै एक फिल्मका लागि लिँदैछिन् । जोयाले रणवीरका साथ कैयौं सुपरहिट फिल्म दिएकी छन् । कटरीनासँग जोयाको दोस्ती भने फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’बाट बनेको हो ।

जोयाले कटरीनालाई आफ्नो फिल्मको स्क्रिप्ट सुनाउदा कटरीनाले काम गर्ने सहमति जनाएकी छन् । फिल्म निकट स्रोतले जोयाको फिल्ममा कटरीनाको भूमिका निकै सशक्त रहेको बताएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  १ : १० बजे

सत्तासँग सिद्धान्त हार्दा दलहरू बदनाम

नेपालको राजनीति फेरि गम्भीर मोडमा पुगेको छ । दलहरू संविधानत निर्णय

जङ्गली हात्ती मृत फेला

झापा– झापाको मेचीनगर नगरपालिका– १ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन

गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू)

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल

बजेट अभावमा निसीखोला आधारभूत अस्पताल अलपत्र

बागलुङ– चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल