तीन मन्त्रीसहित प्रदेश २ सरकारमा काँग्रेस सहभागी हुँदै, आजै शपथ  | Khabarhub Khabarhub

तीन मन्त्रीसहित प्रदेश २ सरकारमा काँग्रेस सहभागी हुँदै, आजै शपथ 


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम–  प्रदेश २ सरकारले नेपाली काँग्रेससँग सत्ता सहकार्यको लागि सहमति गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच सहमति भएको हो । सहमतिअनुसार काँग्रेस तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको हो ।

रामसरोज यादव भौतिक पूर्वाधार तथा विकास,ओम प्रकाश शर्मालाई उर्जा र खानेपानी र विरेन्द्र सिंहलाई महिला बालबालिका तथा खेलकुद मन्त्रालय दिने सहमति भएको छ ।

राज्य मन्त्रीको टुङ्गो लागेको छैन् । तर, साँढे ७ बजे नै नवनियुक्त मन्त्रीहरुले शपथग्रहणको कार्यक्रम राखिएको आन्तिरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

माओवादी केन्द्रसँग भने सरकारमा सहभागिताका विषयमा सहमति हुन सकेको छैन् । विहीबार माओवादीलाई पनि सरकारमा सहभागी गराउने सरकारको तयारी छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : १८ बजे

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, हजार बढी घाइते

काठमाडौं – जेनजीहरुको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई

काठमाडौँ – सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले

सेनाको गेटमा जेन-जीबीच चर्काचर्की : कोही हर्क, कोही बालेन, कोही सुशीला (तस्बिरहरू)

काठमाडौँ- पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर