चुनौतीको चाङका कारण सरकारले गति लिन सकेनः प्रचण्ड « Khabarhub

चुनौतीको चाङका कारण सरकारले गति लिन सकेनः प्रचण्ड


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले चुनौतिको चाङलाई समाधान गर्दै अघि बढ्नु परेकाले सहज ढंगले गति लिन नसकेको बताएका छन् ।

सरकारले प्रतिनिधिसभामा पेस गरेको नीति तथा कार्यक्रममाथिको आज (मंगलबार) भएको छलफलमा बोल्दै प्रचण्डले दिगो शान्ति, स्थायित्व नभएसम्म विकासले पनि गति नलिने बताए । अबका दिनमा विगतमा भएका गल्तीलाई नसच्याउने हो भने खतराको घण्टी बझ्न सक्ने संकेत गर्दै सबै राजनीति नेतृत्व बेलैमा सच्चिनु पर्ने उनको भनाइ थियो ।

नीति तथा कार्यक्रमले भूउपयोग नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन बल पुगेको बताउँदै मुलुक कृषिको आधुनिकीकरणतर्फ उन्मुख भएको उनकाे भनाइ थियो ।

कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र बजारिकरण गर्न नसके कृषिमा सफलता हासिल गर्न नसकिने बताउँदै यसले बेरोजगारी तथा सुकुम्बासी समस्यासमेत समाधान हुने जिकिर गरे । नीति तथा कार्यक्रमले कृषिमा युवाहरुलाई आकर्षित गर्ने कार्यक्रम ल्याएकाले यसबाट देशको अर्थतन्त्रमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

रोजगारी सिर्जनाका लागि सरकारले औद्योगिकीकरणलाई पनि जोड दिएको उनको भनाइ थियो । सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति शंका नगर्न प्रतिपक्षलाई आग्रह गर्दै उनले देशको समृद्धिको लागि सबै एक हुनु पर्नेमा जोड दिए ।

प्रतिपक्षले आफ्नो धर्म निर्वाह गर्न सरकारको नीति तथा कार्यक्रमको आलोचना गरे पनि यसको कार्यान्वयनलाई सत्ता पक्षले सकारात्मक आलोचनाको रुपमा लिँदै अगाडि बढ्नु पर्ने बताए ।

उत्तर र दक्षिणी छिमेकी मुलुकलाई रेल मार्गले जोड्ने सपना अब साकार हुने अवस्थामा पुगेको दावी गर्दै काठमाडौंमा रेल आउने कुरा श्वेर कल्पना नभएको जिकिर गरे । ठूला आकांक्षा राख्नु गलत नभएको बताउँदै प्रचण्डले जनता र देशको समस्या समाधानमा २००७ सालदेखि नै राजनीतिक नेतृत्व चुकेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १२ : ४१ बजे

गीत ‘लम्जुङ्गे बाजा’ सार्वजनिक

काठमाडौं – ‘लम्जुङ्गे बाजा’ शीर्षकको पञ्चेबाजा गीत सार्वजनिक भएको छ

वैकल्पिक राजनीतिको ‘ल्याब टेस्ट’ र नायकवादको विकृति

नेपालको संसदीय इतिहासमा विक्रम संवत् २०८२ फागुन २१ गते हुन

मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर– भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा

दुर्घटनामा परेको बस माछापुच्छ्रे ट्राभल्सको : मालिक पनि थिए सवार

गण्डकी – सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट