किन दुख्छ टाउको ? यसरी गर्नुहोस उपचार | Khabarhub Khabarhub

किन दुख्छ टाउको ? यसरी गर्नुहोस उपचार


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आम मानिसमो एउटा साझा स्वास्थ्य समस्या हो, टाउको दुख्ने । यो एकै कारण वा एकै प्रकृति वा एकनासको हुँदैन । चर्को घाममा बस्दा, अनिँदो, चिसो वा यात्राका कारणले पनि टाउको दुख्ने हुन्छ ।

किन दुख्छ टाउको ?

१. पिनास (साइनस)
टाउकोको अग्र भाग तथा अनुहारमा पीडा हुने टाउको दुखेमा पिनास कारक हुने गर्दछ । यो टाउकोमा पिनास भरिएपछि वा आँखा, नाक तथा गालाको पछिल्तिर रहेको पिनासको नलीमा अवरोध सिर्जना हुदाँ उक्त नलीमा सुन्निन गई टाउकोमा अधिक पीडा हुने गर्दछ । बिहानीको समयमा र टाउको अगाडी, पछाडी लादाँ यो पीडा अधिक हुन्छ ।

उपचार

यस प्रकारको टाउनको दुखाईबाट बच्न अत्याधिक मात्रामा तातो पानीको सेवन गर्नु पर्दछ ।

तातो पानीको सेवनले टाउकोमा जमेको पिनासलाई पगाल्न मद्दत गर्छ र सुन्निएको कम गर्नुका साथै पिनास खुलाउँछ ।

२. चिन्ता/तनाव

अहिले अधिकाशं मानिसको टाउको दुख्नुको प्रमुख कारण हो, तनाव । अनिन्द्रा, गलत खानपान, तनाव पूर्ण वातावरण, मदिराको सेवनले पनि यस प्रकारको टाउको दुखाईलाई बढाउने गर्दछ । यो सम्पूर्ण टाउको वा टाउकोबाट सुरु भएको पीडा गर्दन वा कुमतिर सर्दै जान्छ । तनावका कारण टाउको दुखेमा आँखाको माथि वा टाउको पछाडिको भागमा निरन्तर घोचेजस्तो महसुस हुने गर्छ । त्यस्तै, मांसपेशी जकडिएको महसुस हुने गर्छ ।

उपचार
अदुवाको चियाको सेवन वा पर्याप्त निद्राले पनि शरीरलाई तनावबाट मुक्ती दिलाउँछ । त्यस्तै, टाउको ठन्डा राख्ने विभिन्न आरामदायी तेलको प्रयाग गरेमा यस प्रकारको टाउको दुखाईबाट आराम मिल्दछ ।

३. क्लस्टर
टाउकाको एउटा भाग लगातार दुख्ने र उक्त दुखाई एक महिना वा त्यस भन्दा बढि समयसम्म लम्बिएमा यसलाई क्लस्टर भनिन्छ । यो महिलाको तुलनामा पुरुषलाई ४ गुणा बढी हुन्छ । क्लस्टर टाउको दुखाई भएमा टाउकोमा अत्याधिक मात्रामा पीडा हुन थाल्दछ ।

उपचार
यस किसिमको पीडा भएमा चिकित्सकको परामर्श लिनु पर्दछ ।

४. माइग्रेन
माइग्रेनको दुखाई मस्तिष्कमा हुने रक्त नली सुन्निदा हुने गर्दछ । यो पीडा जुनसुकै कारणले पनि हुनसक्छ । जस्तै, उज्यालो बत्ती, दुर्गन्ध, चर्को आवाज, पेय पदार्थको अत्याधिक सेवन ।

सामान्यतयाः माइग्रेनको पीडा २५ देखि ५५ वर्ष उमेर समूहका मानिसलाई बढी हुन्छ । यो पीडा एउटा आँखामा मात्र सिमित हुने गर्दछ ।

यो दुखाई अचानक सुरु हुन्छ र टाउकोको एउटा भागमा मात्र रहन सक्छ । माइग्रेन पेन हुदाँ आँखामा आसु भरिने, नाकबाट सिँगान बग्ने वा नाक बन्द हुने लगायतका लक्षण देखिन्छ । साथै थकाई लाग्ने, हाई आउने, दृष्टी परिवर्तन हुने, हातखुट्टा झमझमाउने गर्दछ ।

उपचार
माइग्रेन पेनमा ओमेगा ३ फ्याट्टी एसिड, म्याग्नेसियम तथा भिटामिन बी १२ को सेवन राम्रो मानिन्छ । साथै चिकित्सकको परामर्श अनिवार्य छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ६ : ५० बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना