मुख्यमन्त्री गुरुङको राजीनाको समाचार भ्रामक हो : प्रदेश प्रमुख कार्यालय | Khabarhub Khabarhub

मुख्यमन्त्री गुरुङको राजीनाको समाचार भ्रामक हो : प्रदेश प्रमुख कार्यालय


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएको भन्ने समाचार भ्रामक भएको भनी प्रदेश प्रमुखको कार्यालयले खण्डन गरेको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति जारी गरी असत्य र भ्रामक सूचना सम्प्रेषण गराउनु खेदजनक भएको जनाएको छ ।

यस प्रकारको गलत/भ्रामक सूचना आआफ्नो सामाजिक सञ्जालमा पोष्ट, रिपोष्ट नगर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८ वैशाख २६ गतेको प्रेस विज्ञप्तिलाई अन्य सूचना यथावत् राखी मिति २०७८/०२/२६ गते थप गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गरेको कुराले यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

यसअघि प्रदेश प्रमुखको कार्यालयबाट गत वैशाख २६ गते नेपालको संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएको भनी जारी विज्ञप्तिमा बुधबारको मिति बनाई सामाजिक सञ्जालमा पोष्ट गरिएकामा प्रदेश कार्यालयले आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  २ : ०६ बजे

गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

रसुवा– रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता

गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नवलपुर- नवलपुरको गैंडाकोटमा आज (आइतबार) ट्रक र स्कुटर ठोक्किँदा दुई

अर्थतन्त्र ध्वस्त भएपछि राजनीतिक प्रणाली महान हुँदैन

अर्थतन्त्रलाई स्वच्छ, स्वस्थ र दिगो आधार दिइनुपर्छ । म बेलुनजस्तो

जनै हराएको मान्छेको ट्रेलर : आमाको लासभन्दा गह्रुङ्गो भारी नहुने रहेछ

काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि पहिलो पटक नायक विजय बराल