‘रोजगारी गुम्ने चिन्ता बढेपछि ट्वीटर अभियान चलायौँ’ « Khabarhub

‘रोजगारी गुम्ने चिन्ता बढेपछि ट्वीटर अभियान चलायौँ’



काठमाडौँ– ‘आमाले सोध्छिन् बाबु कोरिया कहिले जान्छस ? मैले प्रधानमन्त्री ज्यूलाई सोधेर भन्छु भनेको छु ।’

सबै प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका युवाहरूले अहिले ट्वीटरमा यस्तै ट्वीट छोडेका छन् ।

विशेषगरी युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई मेन्सन गर्दै विभिन्न स्ट्याटससहित ‘जस्टिस फर ईपीएस पासर’ अभियान छोडेका छन् ।
ट्वीटरमा यो अभियान ४ दिन देखि चलिरहेको छ ।

सरकारले उच्च कुटनीतिक पहल गर्न नसक्दा मुखमै आएको रोजगार गुम्न लागेको गुनासो गर्छन् कपिलवस्तुका संगम खनाल ।

‘एक लाख जनालाई उछिनेर ५ हजारमा नाम निकालियो’ उनले खबरहबसँग भने, ‘सरकारले पहल नगरे हाम्रो मेहनत खेर जाने भयो ।’

कोरिया रोजगारीका लागि परीक्षा पास भएको २ वर्षभित्र पुगिसक्नु पर्छ ।

कहिले उडान खुल्ला र जान पाइएला भनेरै बसेको १५ महिना पुगिसकेको उनले दुखेसो पोखे ।

‘कोरोना महामारी भन्दाभन्दै डेढ वर्ष बित्नै लागिसक्यो ’ उनी भन्छन्, ‘स्वास्थ्यका मापदण्ड सबै पालना गर्छौ, आफ्नै खर्चमा पीसीआर परीक्षण पनि गर्न तयार छौँ ।’

मंगलवार साँझसम्म करिब २६ हजारले ट्वीट गरी ट्वीटर ट्रेन्डिङको नम्बर १ मा ल्याएका छन् ।

अभियानमा धेरै युवाहरूले कोरिया रोजगारीमा जानकै लागि विगत १५ महिनादेखि पर्खिदा मानसिक तनाव (डिप्रेसन) मा पुगेको कुरासमेत लेखेका छन् ।

त्यस्तै सौरभ लोपचनले ट्वीट गरेका छन्, ‘सम्मानीय प्रधानमन्त्री ज्यू, नमस्कार । ईपीएस भाषा पास गरी कोरिया जान पखाईमा बसेको हामी करिब ११/१२ हजार युवाहरू, १७ महिना बितिसक्दा पनि सम्बन्धित निकायबाट पहल हुन नसक्दा, यो विषयमा पहल गरिदिनुपर्यो धन्यवाद !’

परीक्षा पास गरेर सबै प्रक्रिया पुरा गरेर बसेका युवाहरू कोरिया जान पाउनुपर्छ भन्ने उनीहरूको माग हो ।

कोरियाले सन् २००८ देखि सरकारीस्तरबाटै भाषा परीक्षा लिएर नेपाली कामदार लैजान शुरु गरेको हो ।

४० वर्षभन्दा कम उमेरसमूहका कामदार लैजाने कोरियाले हरेक वर्ष औसतमा ५ हजार जना नेपालीलाई रोजगारी दिइरहेको छ ।

पछिल्ला केही वर्षयता कोरियामा आम्दानी राम्रै हुने भएकाले हरेक वर्ष १ लाखभन्दा बढी युवाहरू भाषा परीक्षाको तयारी गर्छन् ।

कोरोना भाइरसको माहामारी पछि नेपाली श्रमिकले पाउने कोरियाको रोजगारी अन्योल छ ।

उनीहरूले ०७६ फागुन पहिलो सातादेखि ईपीएस प्रणालीमार्फत श्रमिक नेपालबाट कोरिया जान पाएका छैनन् ।

कोरिया रोजगारीमा जानका लागि नियमित भाषा परीक्षा पास गरेपछि ‘लेबर कन्ट्रयाक्ट’ आउछ ।

त्यसपछि श्रमिकले ‘सर्टिफिकेट फर कन्फर्मेसन अफ भिसा इन्युएन्स अर्थात् सीसीभीआई फारम भर्नपर्छ ।

उक्त फारम जारी भएको ३ महिनाभित्र भिसा लाग्नुपर्छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : ४५ बजे

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप

बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्ग निर्देशक हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक