‘धुम ४’ मा अक्षय र सलमान ! | Khabarhub Khabarhub

‘धुम ४’ मा अक्षय र सलमान !


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– आमिर खान, कटरिना कैफ र अभिषेक बच्चनको प्रमुख भूमिका रहेको फिल्म ‘धुम ३’ बक्सअफिसमा फ्लप भए पनि यो फिल्मको सिरिजप्रति फ्यानको क्रेज घटेको छैन । किनकि फ्यानहरु ‘धुम ४’ को प्रतिक्षामा छन् ।

यदि यो फिल्ममा सलमान खान र अक्षय कुमार जस्ता बलिउडका ठूला स्टार जोडिए भने फ्यानका लागि यो भन्दा ठूलो खुशी के हुन सक्ला र !

सामाजिक सञ्जालमा ‘धुम ४’ का विषयमा सलमान र अक्षयको नाम जोडेर चर्चा परिचर्चा सुरु भएको छ । कतिपयले निर्माता आदित्य चोपडाले फिल्मका लागि सलमान र अक्षय फाइनल नै भइसकेको भन्ने दाबी गरेका छन् । यद्यपि यो विषयमा निर्माण कम्पनी यशराज फिल्मसले मुख खोलेको छैन ।

कामको कुरा गर्दा सलमान ‘टाइगर ३’ को तयारीमा छन् । फिल्ममा उनको अपोजिटमा कटरिना कैफ छिन् । उनी दक्षिण भारतीय फिल्म ‘खिलाडी’ र ‘मास्टर’ को रिमेकको समेत तयारीमा छन् । यी दुई फिल्मबाहेक उनी ‘किक २’ पनि बनाउँदैछन् ।

अक्षयको कुरा गर्दा उनी कटरिना कैफसँग फिल्म ‘सूर्यवंशी’ मा देखिँदैछन् । यसबाहेक ‘रक्षा बन्धन’, ‘बच्चन पाण्डे’, ‘अतरंगी रे’ र ‘बेल बटम’ उनका प्रतिक्षित फिल्म हुन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ४ : ३० बजे

सत्तासँग सिद्धान्त हार्दा दलहरू बदनाम

नेपालको राजनीति फेरि गम्भीर मोडमा पुगेको छ । दलहरू संविधानत निर्णय

जङ्गली हात्ती मृत फेला

झापा– झापाको मेचीनगर नगरपालिका– १ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन

गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू)

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल

बजेट अभावमा निसीखोला आधारभूत अस्पताल अलपत्र

बागलुङ– चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल