चिकित्सा क्षेत्रमा जनशक्तिको लेखाजोखा गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

चिकित्सा क्षेत्रमा जनशक्तिको लेखाजोखा गर्न प्रधानमन्त्रीको निर्देशन


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा क्षेत्रका कुन कुन विधामा कति जनशक्ति आवश्यक छ भन्ने लेखाजोखा गरेर शिक्षा नीति तर्जुमा गर्न निर्देशन दिएका छन् ।

चिकित्सा शिक्षा आयोगको सातौँ बैठकलाई आज अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘हामीलाई मुटुरोग, क्यान्सर रोगजस्ता विषयमा कति विशेषज्ञ जनशक्ति चाहिएको हो ? कति मध्यमस्तरको जनशक्ति चाहिन्छ ? सामान्य प्राविधिक जनशक्ति कति चाहिन्छ ? यसको हिसाब हुनुपर्छ र त्यसअनुसारको जनशक्ति उत्पादन नीति हुनुपर्छ ।’’ सो आयोगको विगत दुई वर्ष सन्तोषजनक नभएकाले प्रभावकारी काम गर्न उनले निर्देशन दिए ।

उनले त्यसरी आवश्यकताको पहिचान गरी जनशक्ति उत्पादन भएमा रोजगारीको पनि समस्या नहुने बताउँदै अस्पतालमा जाँदा आफूले पनि नर्सको अभाव देखेको उल्लेख गर्दै कतिपय अस्पतालमा आवश्यकता अनुसारको दरबन्दी सृजना नभएको समेत जनाए । ‘‘गाउँमा अहिले पनि महिला स्वास्थ्य स्वंसेविका नै त्यहाँका ठूला चिकित्सक हुन् । शहर आएपछि मात्र त्यहाँका जनताले डाक्टर देख्न पाउँछन् । त्यसैले ती ठाउँमा नर्स तहको चिकित्साकर्मी पठाउन सकेमा पनि ठूलै उपलब्धी हुन्छ ।’’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रतर्फ औंल्याउँदै प्रंधानमन्त्री ओलीले त्यसमा पुनरावलोकन गर्न आग्रह गरे ।

कुन विश्वविद्यालयले कति वटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामर्थ्यमा भर पर्ने जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘‘त्रिभुवन विश्वविद्यालयको क्षमता अन्य विश्वविद्यालयको भन्दा बढी हुन सक्छ । भर्खरै खुलेका विश्वविद्यालयले एउटा कलेजमा मात्रै सम्बन्धन दिने अवस्था हुनसक्छ, यसमा ध्यान दिनुपर्छ ।’’, उनले थपे ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ८ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै