दाइजो नल्याएको भन्दै दुलहीमाथि कुटपिट, श्रीमान र ससुरा पक्राउ « Khabarhub

दाइजो नल्याएको भन्दै दुलहीमाथि कुटपिट, श्रीमान र ससुरा पक्राउ


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही-  दाइजो नदिएको भन्दै दुलही कुटपिट गरेको आरोपमा प्रहरीले सर्लाहीबाट श्रीमान र ससुरा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का पीडितका श्रीमान जोगनारायण साह र ससुरा अनुपा साहलाई शुक्रबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी मदन कुँवरका अनुसार श्रीमान र ससुराको कुटपिटपछि घाइते भएकी अमृताले दाइजो सम्बन्धी कसुर तथा ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

गत वैशाख १३ गते महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ६ की २१ वर्षीया अमृता साहको जातीय परम्परा अनुसार जोगनारायणसँग विवाह भएको थियो ।

तर विवाहको केही समय नबित्दै दाइजो नदिएको भन्दै श्रीमानसहित घरका अन्य सदस्यहरूले अमृतामाथि कुटपिट गरेका थिए । अमृता घाइते भएकी थिइन् । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ८ : २० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि