ठूला फिल्मी स्टारको अप्रत्याशित ओरालो यात्रा | Khabarhub Khabarhub

ठूला फिल्मी स्टारको अप्रत्याशित ओरालो यात्रा


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारमा केही यस्ता फिल्म जसको चर्चा वर्ष होइन, दशकसम्म पनि भइरह्यो । धेरै कलाकारको त एउटै फिल्मले दर्शकमा यसरी छाप पारेको छ कि फिल्मी दुनियाँमा स्टार हुन पर्याप्त भयो ।

यो रङ्गीन क्षेत्रमा केही अनौठा संयोग पनि देखिने गरेका छन् । फिल्म सफल हुन्छ, सबैले कलाकार चिन्छन् तर ती कलाकार फेरि पर्दामा हत्तपत्त आउँदैनन् । केही कलाकार सुटिङका बीचमै हराउँछन् । फिल्म ‘ट्रान्सफरमर’ ले फिल्मी दुनियाँमा सनसनी नै फैलायो । यसा फिल्ममा नायिका थिइन् मेघन फक्स ।

यस फिल्मको सिक्वेलमा फक्स अटाइनन् । फिल्म सुटिङ भइरहँदा फक्सलाई हेर्न भिड जम्मा हुन्थ्यो । उनी फोटोजेनिक थिइन्, मानिसहरू मोहित हुन्थे । अनुपम सौन्दर्यको आकर्षणका ग्ल्यामरको दुनियाँमा फक्सको भाउ दिनदिनै बढ्दै थियो । म्याक्सिम, रोलिङ स्टोन र एफएच जस्ता म्यागेजिनको मुख पृष्ठमा उनकै उपस्थिति खोजिन्थ्यो । उनले दुई पटक ‘स्क्रिन अवार्ड’ र चार पटक ‘टिन च्वाइस अवार्ड’ पाइन् ।

सन् २००१ मा पारिवारिक फिल्म ‘होली डे इन द सन’ बाट फिल्मी यात्रा शुरू गरेकी फक्सले एक्सन र कमेडियन फिल्ममा पनि सफलता पाउँदै गइन् । यसका बाबजुद उनले ट्रान्सफरमा निरन्तरता पाइनन् । उनले एक पटक टेलिभिजन अन्तर्वार्तामा निर्देशक हिटलरझैँ प्रस्तुत भएको भनेपछि उनी ती निर्देशकको कालो सूचीमा परिन् । यसपछि फक्स ट्रान्सफर्मर युनिटमा परिनन् । उनले पाएका धेरै चलचित्र दर्शकबाट पनि रुचाइएनन् । समीक्षकहरूले समेत उनका पछिल्ला चलचित्र मन पराएनन् ।

‘स्पाइडर म्यान’ मा छाएका टोगे मागुयर पलायन नै भए । यसका पहिलो कारण त उनको उमेर थियो, ३५ वर्ष भएपछि उनलाई उक्त युनिटले बाहिर राखेको थियो । सन् २०११ मा उनी आबद्ध ‘पोकर क्लब’ पनि विवादमा परेपछि मागुयर छनोटमा पर्न छाडे । उनी न युवाका लागि छानिए, न वयस्कका लागि ।

उनी ३५ वर्षका भए पछि युवा रोलबाट हटाउन थालिए । शरीर पाको मान्छेको जस्तो नभइसकेको ठहर भएपछि उनले चाहेअनुसारको बुढ्यौली भूमिकामा पनि समावेश गरिएनन् । जेनिफर मयरसँग बिहे भएपछि उनका दुई सन्तान भए ।

मागुयरको ‘स्पाइडर म्यान’ सन् २००३ देखि २००७ सम्म अधिक चर्चामा रह्यो । यसअघि सन् १९९८ को ‘प्यान्सटभाइल’, सन् १९९९ मा ‘राइट विथ द डेभिल’ र ‘साइडर हाउस रुल’ तथा सन् २००० मा ‘वन्डर ब्वाइज’ सफल भए । मागुयर ‘स्क्रिन एक्टर गुइल्ड’ र ‘गोल्डेन ग्लोब अवार्ड’ का लागि मनोनयनमा परे । उनले ‘सार्टुन अवार्ड’ पाए ।

मागेयरले फिल्म करियर सन् १९८९ मा ‘विजार्ड’ बाट गरेका थिए । सन् १९९० का दशकमा बाल बलाकारको रूपमा छाएका उनी वास्तविक उमेरभन्दा कम उमेरको भूमिकामा देखा पर्थे । बीस वर्ष पूरा हुँदा पनि उनी टिनएजरको भूमिकामा सक्रिय रहे । जल्दाबल्दा यी नायक अहिले गुमनाम छन् ।

‘स्टिभ स्टिफलर’ मा अभिनय गरेपछि सियान विलिम्सन स्कट चर्चामा थिए । पछि उनी ‘डुडे’, ‘ह्वेर इज माइ कार’ तथा ‘ड्युक्स अफ हजार्ड’ मा लिड रोलमा रहे । ती सबै फिल्मले दर्शक र समीक्षकको नजरमा राम्रो प्रभाव पारे । अहिले गुमनाम रहेका उनलाई सम्झनेहरू ‘स्टिफलर’ नामबाटै चिन्ने गर्छन् ।

कुनै समय हलिउडका सफल नायक ब्रान्डन फ्रासरका दुई वटा फिल्म बक्स अफिसमा देखिए । ‘फुरी भेन्गायन्स’ र ‘एक्सट्रा अर्डिनरी मेजर’ देखापरेका उनको खराब दिन पनि यही शुरू भयो । उनले एकपछि अर्को फिल्म त पाए तर, ती सबै लगानी उठाउन असफल भए । यसपछि एउटा अवार्ड कार्यक्रममा सक्रिय रहेका उनको हाँसोको चर्चाको हुने गरेको छ । फिल्मी दुनियाँमा गम्भीर भूमिकामा देखिने ब्रान्डनको यो हाँसो दर्शकहरूले मन पराउने गरेका छन् । उनी फिल्म र बक्स अफिसको दुनियाँमा यथावत् छन् ।

नायिका जेसिका अल्वाका लागि ‘फेन्टास्टिक फोर’ ब्रेक थ्रु त थियो तर जीवनको ओरालो यात्रा पनि यहीँ शुरू भयो । सन् २००५ मा टिम स्टोरीले निर्देशन गरेको यो फिल्म खुब चर्चामा थियो । सोही वर्षको जुलाई ८ मा अमेरिकामा रिलिज भएको यो फिल्मको सिक्वेलको रूपमा ‘राइज अफ द सिल्भर सफर’ पनि तयार भयो ।

यही फिल्मका निर्देशकले अल्बालाई ‘रुँदा दया लाग्दो हुनुपर्ने’ भनेका थिए । यसमा निर्देशक र अल्बाको बीचमा खटपट भयो । उनले निर्देशकको कुरा बेवास्ता गर्दै आफ्नै ढङ्गले अभिनय गरिन् । यसपछि न उनले सिक्वेलमा काम पाइन्, न उनका अरू फिल्म सफल भए ।

नायक मायक मेयरका लागि ‘स्याटर्डे नाइट लाइभ’, ‘नाइन वल्र्ड, ‘अस्टिन पावर्स’ र ‘स्रेक’ उत्तिकै महत्वपूर्ण फिल्म हुन् । उनको कमेडी भूमिका त दर्शकका लागि झन् प्रिय बनेको थियो । सन् २००८ मा ‘लभ गुरु’ को प्रदर्शनले मेयरलाई ओरालो लगायो ।

पहिलो, उनका अन्य धेरै रुचि थिए । उनी अभिनयका अलावा ती रुचिमा अलमलिए । ड्रागन लगायत अनेकौँ चित्र निर्माण गर्ने उनको सोख थियो । थुप्रै कलात्मक कुरामा रमाउने आदत भएका उनले यसैबाट धेरै धन आर्जन गरे ।

दोस्रो, उनी आफ्ना बच्चाको मायामा यसरी हराए की उनलाई अन्य कुरा महत्वहीन लाग्न थाल्यो । उनी सन् २०१० पछि त हलिउडभन्दा बढी पारिवारिक जीवनमा नै व्यस्त रहे ।

रब स्नाइडर हलिउडमा धेरैले सम्झने अनुहार थियो । विभिन्न विवादास्पद अभिव्यक्ति दिएका कारण उनी फिल्मी दुनियाँबाट एकाएक हराए ।

‘लिबिरिन्थ’ अर्थात चक्रब्यूह । सन् १९८६ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा प्रभाव जमाएको थियो । त्यही फिल्मकी नायिका जेनिफर कोनेल्ली गुमनाम छिन् । धेरै दर्शकले त अझै उनलाई खोज्छन् । उनले ‘ब्युटीफुल माइन्ड’ का लागि ‘अस्कर अवार्ड’ पनि पाएकी थिइन् ।

सन् २००२ मा एङ्लीले तयार गरेको भूतको फिल्म समीक्षकहरूले मन पराएनन् । यसैबाट जेनिफर फिल्मी दुनियाँमा ओरालो लागिन् । उनी पछिल्ला दिनमा आफ्ना लागि सुहाउने फिल्म नबनेको बताउँछिन् र पारिवारिक जीवनमा रमाएकी छन् ।

कुनै स्टारले फिल्म क्षेत्रमा सधैँ प्रभाव बनाउन कठिन हुन्छ । कामको समयमा कस्तो प्रभाव रहेको थियो भन्ने बढी महत्वपूर्ण हुन्छ । उनीहरू अहिले पर्दामा नदेखिए पनि उत्कृष्ट अभिनयका कारण फिल्म जगतले सम्झिरहने छ ।

अमेरिकी अभिनेता एडवार्ड हेरिसन नोर्डनले अनेकौँ अवार्ड पाए । उनी ‘गोल्डेन ग्लोब अवार्ड’ र ‘अस्कर अवार्ड’ को मनोनयनमा परेका थिए । सन् १९९९ मा बनेको ‘फाइट क्लब’ मा उनको बेजोड अभिनय थियो ।

यसपछि माग पूरा गर्न निर्मातालाई कठिन हन थाल्यो । सिक्वेल फिल्म ‘इन्क्रडिबल हल्क’ को सुटिङको समयमा त निर्देशकसँग ठूलो विवाद नै परेको थियो । नोर्डन आफूले भनेअनुसार स्क्रिप्ट पुनर्लेखन हुनुपर्ने अडान राख्थे । शुरूमा त निर्देशकले माने तर पछि टिममा रहेका हरेकको सृजनशीलता स्वीकार गर्न सक्ने अभिनेता मात्र आफूले खोजेको भन्दै विज्ञप्ति निकाले उनी बर्खास्त गरिए ।

आफूले भने अनुसार नहुँदा स्टुडियोमै उनी अचम्मको व्यवहार देखाउँथे । यसकारण उनी निर्देशकको कालो सूचीमै पर्न थाले अनि उनी बिस्तारै फिल्मी दुनियाँबाट टाढा भए ।

आकर्षक व्यक्तित्वकी धनी क्यामरुन डियाज कुनै समय अधिक चर्चामा थिए । उनको व्यक्तित्वले धेरैलाई मोहित पारेको थियो । लेखन, मोडलिङ र अभिनयमा उनको बेजोड प्रतिभा थियो । उनका कमेडी फिल्म झन् धेरै सफल थिए ।

सन् २०१३ मा क्यामरुन ‘गोल्डेन ग्लोब्स अवार्ड’, ‘स्क्रिन एक्टर गोल्डेन अवार्ड’ र ‘न्यु योर्क फिल्म क्रिटिक्स अवार्ड’ का लागि मनोनयनमा परेकी थिइन् । उनी हलिउडमा ४० वर्षमाथि उमेरमा सबैभन्दा महँगो कलाकारको रूपमा पनि आफूलाई स्थापित गराउन सफल भएकी थिइन् ।

यी प्रतिभाशाली कलाकारलाई फिल्म बनाउने जाँगर चल्यो । यसमा उनी यसरी तल्लीन भइन् कि अभिनयका बारे सोच्नै भ्याइनन् । बिस्तारै उनी फिल्मी दुनियाँबाट टाढा भइन र जीवनमा सीमित भइन् ।

फिल्म जगतमा मार्सल आर्ट र मार्सल आर्टिस्टको भिन्न छाप छ । संसारमा मार्सल आर्ट फिल्मको दुनियाँमा ब्रस्ली मिथक मानिन्छन् । अरू पनि केही यस्ता कलाकार रहे जसको चर्चा फिल्मी क्षेत्रले गर्छ ।

बेल्जियममा जन्मिएका जियान क्लाउडे भान डामे मार्सल आर्टमा दक्ष अभिनेता थिए । कुनै समय हलिउडको बजारमा उनको ठूलो प्रभाव थियो । उनले अभिनय गरेको ‘टाइम कप’ पछि उनको चर्चा झनै चुलियो । पछि ‘टिलोगी’ फिल्ममा अनुबन्ध गर्न खोजिए पनि उनले अस्वीकार गरे । त्यसमा काम गरेका जिम क्यारीको त भाग्य चम्केको थियो । यो एउटा यस्तो घटना थियो, जसले एउटा कलाकारको पतन र अर्कोको उदयको गरायो ।

कुनै स्टारले फिल्म क्षेत्रमा सधैँ प्रभाव बनाउन कठिन हुन्छ । कामको समयमा कस्तो प्रभाव रहेको थियो भन्ने बढी महत्वपूर्ण हुन्छ । धेरै कलाकार आफ्नै कारणले कम उमेरमै फिल्म क्षेत्रबाट टाढिए । उनीहरू अहिले पर्दामा नदेखिए पनि उत्कृष्ट अभिनयका कारण फिल्म जगतले सम्झिरहने छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : ०५ बजे

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तस्बिर : ध्रुव भट्टराई तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन