प्रभाषको फिल्मलाई दीपिकाले घटाइन् पारिश्रमिक « Khabarhub

प्रभाषको फिल्मलाई दीपिकाले घटाइन् पारिश्रमिक


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड स्टार दीपिका पादुकोण चाँडै नै दक्षिण भारतीय स्टार प्रभाससँग ‘महानती’ फेम्ड निर्देशक नाग अश्विनको नयाँ फिल्ममा प्रमुख भूमिकामा देखिँदैछिन् ।

फिल्ममा अभिनेता अमिताभ बच्चनको पनि अभिनय रहनेछ । हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्मको सुटिङ सुरु हुन केही समय लाग्नेछ ।

प्रभाषको अभिनय रहने फिल्ममा दीपिकाको प्रवेश हुने भन्ने समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । यो जोडीलाई पर्दामा हेर्न दर्शक निकै उत्साहित थिए ।

समाचारअनुसार प्रभाषसँग अभिनय गर्न दीपिकाले पारिश्रमिकमा झण्डै आधा कटौती गरेकी छन् । उनी अक्सर एक फिल्मबाट अधिकतम १२ करोड रुपैंयाँ पारिश्रमिक लिन्छिन् । तर यो फिल्मका लागि उनले ८ करोड रुपैंयाँ लिने तयारीमा छिन् ।

पछिल्लो पटक फिल्म ‘छपाक’को असफलता पछि दीपिका पादुकोणको नयाँ फिल्म हेर्न दर्शक उत्सुक छन् । दीपिका ऋतिक रोशनको फिल्म ‘फाइटर’मा देखिँदैछिन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  २ : ४९ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार