प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिने सांसद वैद्यलाई कारबाही गर्ने गृहमन्त्रीको संकेत (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिने सांसद वैद्यलाई कारबाही गर्ने गृहमन्त्रीको संकेत (भिडियोसहित)


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न जनवर्गिय संगठनले नेपाली काँग्रेसका वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

एमालेका विभिन्न १५ वटा जनवर्गिय संगठनले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री अधिकारीलाई पत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने बताए । गृहमन्त्री अधिकारीले कानुन अनुसार कारबाहीका लागि निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यान सुरक्षामाथि धावा बोलेको भन्दै फौजदारी कसुरमा मुद्दा चलाउन जनवर्गिय संगठनले माग गरेका छन् ।

वैद्यले प्रदेश सभाको बैठकमा प्रधानमन्त्रीको हत्या गर्नका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि वैद्यको चौतर्फी आलोचना हुनुको साथै कारबाही हुनुपर्ने माग उठिरहेको छ ।

वैद्यले भने शनिबारको प्रदेश सभा बैठकमा आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्दै फिर्ता लिइसकेका छन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ७ : ४५ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको