नेपाली दूतावास साउदीले मागपत्र प्रमाणीकरण फेरि थाल्ने « Khabarhub

नेपाली दूतावास साउदीले मागपत्र प्रमाणीकरण फेरि थाल्ने


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीका कारण रोकिएको साउदी अरबको रोजगारीका लागि जाने नेपाली श्रमिकको मागपत्र प्रमाणीकरण मंगलबार अर्थात् जुन १५ मा शुरू गर्ने भएको छ ।

‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकिएको माग पत्र प्रमाणीकरण मंगलबार सञ्चालनमा आउने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार माग पत्र प्रमाणीकरणका लागि आउँदा अब रोजगारदाता कम्पनीको ‘यूजर अकाउन्ट’मा पठाइएको माग पत्र स्वीकृति भएको म्यासेजको प्रिन्ट अनिवार्य गरिएको जनाएको छ ।

दूतावासबाट प्रमाणीकरणको छाप लगाउँदा रोजगारदाता कम्पनीले अब अनलाइन प्रणालीमा अपलोड गरेकै कागजात दूतावासले नै प्रिन्ट गरी त्यसमा नै छाप लगाइदिने पनि दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ८ : २५ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण