जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते | Khabarhub Khabarhub

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नंको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका–१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा कटारी नगरपालिका–१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली–४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली–४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

शनिबार बेलुकी ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर बोलेरो जीप सडकबाट खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए ।

घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइते तीन जनालाई कटारी अस्पतालमा लगेर उपचार शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ९ : २५ बजे

 गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्यौट 

काठमाडौं– बेरुजु फर्छ्यौट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता

मुस्ताङमा एक महिलामा डेङ्गु सङ्क्रमण

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु समक्रमण देखिएको छ

मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङ जिल्ला कमिटीको

टप एन्ड टी-ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित

युक्रेनले युरोपेली कोषमार्फत ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने जेलेन्स्कीद्वारा पुष्टि

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीको