निषेधाज्ञा असार ७ सम्म लब्याइयो, यी क्षेत्रमा खुकुलो (आदेशसहित) « Khabarhub

निषेधाज्ञा असार ७ सम्म लब्याइयो, यी क्षेत्रमा खुकुलो (आदेशसहित)


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्बिने भएको छ ।

आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।

के के खुल्नेछन् ?

यसअघि जारी निषेधाज्ञा अझ थप केही खुकुलो गरिएको छ । असार १ गतेबाट लागू हुने निषेधाज्ञामा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ।

यसअघि विहान ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो ।

त्यस्तै अनलाइन मार्फत सेवा सुविधा बिहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको बताइएको छ। त्यसै गरी निर्माण सामाग्रीको पसल समेत अपरान्ह ४ बजेपछि  खोल्न दिने निर्णय गरिएको छ ।

होटल बन्द गर्ने तर होम डेलिभरी गर्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो

यस्तो छ आदेश

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ५ : ०० बजे

घरेलु हिंसामा आठ बालकको ज्यान गयो

श्रेभपोर्ट– संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु

अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ पर्यटक

वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई

काठमाडौं– वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

काठमाडौं– सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज,

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– गुल्मीमा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।