प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित « Khabarhub

प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार साँझ मुख्यमन्त्री लालबाबु राउतले ०७८/०८९ को नीति तथा पास गर्न पेश गरेको प्रस्ताव सांदहरुले बहुमतले पारित गरेका हुन् ।

संशोधनकर्ता सांसदहरुको छलफलपछि मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि सांसदहरुले संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

चारजना सांसदले संशोधन प्रस्ताव दार्ता गराएका थिए । सोमबारको बैठकमा प्रिबजेटमा छलफल भएर असार १ गते सरकारले बजेट भाषण गर्ने तयारी गरेको छ ।

संशाधनकर्ता सांसदको माग सम्बोधन गर्ने प्रतिवद्धता

मुख्यमन्त्री लालबाबु राउतले संशोधनकर्ता सांसदहरुको जिज्ञसाको जवाफ दिँदै माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार साझसम्म भइरहेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदको जवाफ दिँदै मुख्यमन्त्री लालबाबु राउतले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

नीति तथा कार्यक्रममा यसपटक कमजोरी भएको उनले स्वीकार गरे । जनताको आवश्यकता अनुसारको विभिन्न योजना ल्याउन सरकार चुकेको भन्दै कोरोना महामारी र राजनीतिक खिचातानीका कारण उत्तम नीति तथा कार्यक्रम ल्याउन नसकेको उनले बताए ।

‘साच्चिकै राम्ररी हामीले नीति तथा कार्यक्रममा फोकस गर्न सकेका छौनौं,’उनले भने,‘यद्यपि सांसदहरुको संशोधनलाई आत्मसात गरेर पनि अझ सशक्त र राम्रो योजना समेटन सकिन्छ ।’

कार्यालय र कर्मचारी अभावमा बजेट खर्च र योजना कार्यन्व्यन पक्ष कमजोर देखिएको उनले बताए । उच्च पदको कर्मचारीको सरुवा हुँदा पनि थप कार्यन्व्यन पक्षमा समस्या हुने गरेको उनले बताए ।

नीति तथा कार्यक्रममा पुरानो योजनालाई निरन्तरता दिएको स्वीकार गरे । सांसदको धारणा अनुसार राम्रो भए पनि अझ राम्रो बनाउने उनले आश्वासन दिए ।

नीति तथा कार्यक्रममा सबै दलितलाई मुख्यमन्त्री गरिव, दलित अवास योजनामार्फत लाभ हुने उनले बताए । महेन्द्र नारायण नीधिको नाममा प्रत्येक वर्ष दश वटा घर बनाउने योजना संशोधन गरेर राख्ने प्रतिवद्धता जनाए ।

धेरै ठाउँमा मधेश शब्द आएको विषय बारे बोल्दै मधेशले नै संघीयता र अधिकार स्थापित भएको हुँदा त्यो शब्द सम्बन्धित धेरै योजना राखिएको उनले बताए ।

स्वास्थ्य क्षेत्रमा व्यवस्थित बनाउन सरकारले चिकित्सकको मासिक पारिश्रमिक एक लाख ५० हजार ल्याउने प्रावधान ल्याउने तयारी गरिरहेको बताए ।

संशोधनकर्ता सांसदको माग आत्मसात गर्दै बजेट ल्याइने उनले आश्वासन दिए । जनता अवासमा सरकारको कमजोरी भएकोे भन्दै अगामी दिनमा त्यस प्रकारको कमजोरी नहुने समेत उनले प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ७ : ५० बजे

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका