इजरायलमा नेतान्याहुको सत्ता अन्त्य, नयाँ प्रधानमन्त्रीमा बेनेटले लिए शपथ « Khabarhub

इजरायलमा नेतान्याहुको सत्ता अन्त्य, नयाँ प्रधानमन्त्रीमा बेनेटले लिए शपथ


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायमा बेन्जामिन नेतान्याहुको १२ वर्षको सत्ता अन्त्य भएको छ ।

संसद्ले नयाँ प्रधानमन्त्री निर्वाचित गरेसँगै नेतान्याहुको सत्ता अन्त्य भएको हो । दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गरेका छन् ।

नेतान्याहुलाई एक मत अन्तरले पराजित गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएका हुन् । उनले अत्यन्तै साँघुरो ६०-५९ बहुमतका आधारमा ‘अभूतपूर्व’ गठबन्धनको नेतृत्व गरेको बीबीसीले उल्लेख गरेको छ ।

सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् । त्यसपछि येश अटिड पार्टीका नेता याएर लापिड थप दुई वर्ष प्रधानमन्त्री हुनेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई दिएका छन् । उनले आफू बेनेटसँग  काम गर्न इच्छुक रहेको बताएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ७ : १० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६