काम नगर्ने ठेकेदारको टाउकोमा सांसदले खन्याइदिए फोहोर (भिडियोसहित) | Khabarhub Khabarhub

काम नगर्ने ठेकेदारको टाउकोमा सांसदले खन्याइदिए फोहोर (भिडियोसहित)


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– आफूले लिएको जिम्मेवारी पुरा नगरेको भन्दै भारतको महाराष्ट्रमा एक सांसदले ठेकेदारको टाउकोमा नालीको पानी खन्याईदिएका छन् ।

बाटोको छेउमा रहेको फोहर पानी बग्ने नाली राम्रोसँग सफा नगरेको भन्दै शिवसेना पार्टीका सांसद दीलिप लांडेले ठेकेदारको टाउकोमा फोहर खन्याइदिएका हुन् ।

फोहोर पानी टाउकोमा खन्याउँदै गरेको भिडियो अहिले चर्चामा आएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भारतीय न्युज एजेन्सी एएनआईका अनुसार मुम्बइमा वर्षा हुनुभन्दा पहिले कुर्लामा नाली ठिकसँग सफा गरिएको थिएन । यही रिसमा सांसदले ठेकेदारलाई बोलाए, नालीछेउमा बसाए र टाउकोमा फोहर खन्याइदिएका हुन्।

विधायक दीलिप लांडेका अनुसार उनले १५ दिनदेखि ठेकेदारलाई नाली सफा गर्न भनेका थिए तर ठेकेदारले कुरा नसुनेपछि आफूले सजाय दिएका हुन् ।

नाली ठीकसँग सफा नभएपछि नालीमा पानी भरिएर सडकभरी पानी भएको थियो र यात्रुलाई निकै समस्या भएको थियो ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ११ : ३० बजे

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित