काम नगर्ने ठेकेदारको टाउकोमा सांसदले खन्याइदिए फोहोर (भिडियोसहित) « Khabarhub

काम नगर्ने ठेकेदारको टाउकोमा सांसदले खन्याइदिए फोहोर (भिडियोसहित)


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– आफूले लिएको जिम्मेवारी पुरा नगरेको भन्दै भारतको महाराष्ट्रमा एक सांसदले ठेकेदारको टाउकोमा नालीको पानी खन्याईदिएका छन् ।

बाटोको छेउमा रहेको फोहर पानी बग्ने नाली राम्रोसँग सफा नगरेको भन्दै शिवसेना पार्टीका सांसद दीलिप लांडेले ठेकेदारको टाउकोमा फोहर खन्याइदिएका हुन् ।

फोहोर पानी टाउकोमा खन्याउँदै गरेको भिडियो अहिले चर्चामा आएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भारतीय न्युज एजेन्सी एएनआईका अनुसार मुम्बइमा वर्षा हुनुभन्दा पहिले कुर्लामा नाली ठिकसँग सफा गरिएको थिएन । यही रिसमा सांसदले ठेकेदारलाई बोलाए, नालीछेउमा बसाए र टाउकोमा फोहर खन्याइदिएका हुन्।

विधायक दीलिप लांडेका अनुसार उनले १५ दिनदेखि ठेकेदारलाई नाली सफा गर्न भनेका थिए तर ठेकेदारले कुरा नसुनेपछि आफूले सजाय दिएका हुन् ।

नाली ठीकसँग सफा नभएपछि नालीमा पानी भरिएर सडकभरी पानी भएको थियो र यात्रुलाई निकै समस्या भएको थियो ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ११ : ३० बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा