अवैध रुपमा खोला उत्खनन् गर्ने स्काभेटर र टिपर नियन्त्रण, चालक फरार « Khabarhub

अवैध रुपमा खोला उत्खनन् गर्ने स्काभेटर र टिपर नियन्त्रण, चालक फरार


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा अवैध रुपमा खोला उत्खनन् गर्ने स्काभेटर र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति २ बजे मिथिला नगरपालिका ३ स्थित औरही खोलाबाट अवैध रुपमा उत्खनन् गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ना ७ ख १६७३ नम्बरको स्काभेटर र ज १ त ६२१ नम्बर टिपर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

प्रहरीले नियन्त्रमा लिइएको स्काभेटर र टिपर कमलदेव यादव र रामकुमार महतो सञ्चालक रहेको वनदेवी बालुवा प्रशोधन उद्योगको रहेको उनले बताए । प्रहरीले स्काभेटर र टिपर नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् । स्थानीयले खोला उत्खनन भइरहेको सूचना प्रहरीलाई दिएका थिए ।

क्रसर सञ्चालकले अवैध रुपमा खोला उत्खनन गरी १५ मिटरसम्म गहिरो बनाएको प्रहरी निरीक्षक सुनारको भनाइ छ । औरही खोला किनारमा सञ्चालनमा रहेका आधा दर्जन क्रसर उद्योगले खोला उत्खनन् गर्ने गरेको उनको आशंका छ । पछिल्लो समय कोरोना महामारीको मौका छोपेर धनुषाको औरही, जलाद, बडहरी, सुखजोर, रातु, जगधर र कमला नदीबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् भइरहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १ : ४४ बजे

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी