अदालतको आदेश–फिल्म समीक्षाले चरित्र हत्या हुदैन « Khabarhub

अदालतको आदेश–फिल्म समीक्षाले चरित्र हत्या हुदैन


३१ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई वर्ष अघि फिल्म ‘वीरविक्रम २’ लाई लिएर गरिएको समीक्षा विवादलाई पाटन उच्च अदालतले अन्तिम फैसलामार्फत टुंग्याएको छ । अदालतले फिल्म समीक्षाले कसैको चरित्र हत्या नहुने आदेश सुनाउदै विवाद टुंग्याएको हो ।

मिम नेपाल युट्युव च्यानलमार्फत कमेडियन प्रनेश गौतमले फिल्म ‘वीरविक्रम २’ लाई व्यंग्यात्मक शैलीमा समीक्षा गरेपछि उनको समीक्षा शैलीमा आपत्ति जनाउदै फिल्मका निर्देशक एवं निर्माता मिलन चाम्सले प्रहरी र अदालतमा उजुरी दिएका थिए ।

उजुरी परेपछि गौतमविरुद्ध विद्युतीय कारोवार ऐनअन्तर्गत मुद्दा चलाएर उनलाई आठ दिनसम्म प्रहरी हिरासतमा राखिएको थियो । गौतमलाई हिरासतमा राखिएपछि अभिव्यक्ति तथा वाक स्वतन्त्रताको हनन भएको भन्दै युवा समूहरले प्रदर्शनसमेत गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले २०७६ साउन ९ गते प्रनेशको पक्षमा फैसला गरे पनि चित्त नबुझेको भन्दै सरकारले फैसलाविरुद्ध पुनरावेदन गरेको थियो । पाटन उच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै समीक्षाले कसैको मानमर्दन नहुने आदेश दिएको हो ।

‘जाहेरी तथा अभियोगमा चलचित्रको व्यापार व्यवसायमा नोक्सानी पार्ने नियतले समीक्षा गरेको भनी वादी पक्षले प्रतिवादीलाई आरोपित गरेको भए पनि प्रतिवादीले जाहेरवालाको इज्जत प्रतिष्ठा, चरित्र हत्या हुने गरी इन्टरनेटको माध्यमबाट कुनै सामग्री प्रकाशित गरेको देखिँदैन र व्यापारिक घाटा भन्ने कुरा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) को कसूरको विषय हुन सक्ने समेत देखिंदैन,’ अदालतको फैसलामा भनिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ४ : २६ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन