पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने पृथ्वीसुब्बा गुरुङको घोषणा « Khabarhub

पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने पृथ्वीसुब्बा गुरुङको घोषणा


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने भएका छन् ।

मुख्यमन्त्री हुँदा उनकै सचिवालयमा प्रेस संयोजक रहेका विक्रम न्यौपानेले गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने सार्वजनिक गरेका हुन् ।

न्यौपानेले आफ्नो सामाजिक सन्जालमा लेखेका छन्- ‘माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ । उहाँलाई पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन । उहाँले त्यस्तो सुविधा लिनु हुने छैन ।’

हालसालै नवगठित नेपाली कांग्रेस नेतृत्वका सरकारले प्रदेशका पूर्वमुख्यमन्त्रीलाई सुरक्षालगायत सुविधा दिने गरी ऐन ल्याउने तयारी गरेको छ ।

सरकारको उक्त निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ८ : ५० बजे

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको

आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय