देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, सरकारविरुद्ध दृढ भएर उभिने संकल्प « Khabarhub

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, सरकारविरुद्ध दृढ भएर उभिने संकल्प


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार साँझ तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको नेता नेपालको सचिवालय स्रोतले जानकारी दिएको छ ।

यसैगरी संविधान र लोकतन्त्रको रक्षाका लागि भएको सहकार्य थप मजबुत बनाउने विषयमा छलफल भएको छ ।

प्रदेशदेखि संघसम्म नै गठबन्धनलाई निरन्तरता दिने र सरकारविरुद्ध दृढ भएर उभिने विषयमा समेत कुराकानी भएको स्रोतले जनाएको छ ।

भेटवार्ताका लागि कांग्रेस सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका थिए ।

देउवा पुगेको केही समयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि नेपाल निवासमा पुगेका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  १० : ३६ बजे

इलाम झापाका झण्डै सय चिया उद्योग बन्द, हजारौँ मजदुर किसान बेरोजगार हुँदै

काठमाडौं– इलाम र झापामा सञ्चालनमा रहेका झण्डै सय चिया उद्योग

 ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता