जिम्बाबेका प्रथम राष्ट्रपति काउन्डालाई कोरोना भाइरसको संक्रमण « Khabarhub

जिम्बाबेका प्रथम राष्ट्रपति काउन्डालाई कोरोना भाइरसको संक्रमण


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुकासा(एपी)- जिम्बाबेका प्रथम राष्ट्रपति केनेथ काउन्डालाई कोरोना भाइरसबाट संक्रमण भएको छ ।

कोभिड सङ्क्रमणपछि स्वास्थ्यमा थप जटिलता आएपछि ९७ बर्षीय काउन्डालाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् ।

दक्षिण अफ्रिकी मुलुक जिम्बाबेका पूर्वराष्ट्रपति काउन्डाको निजी सचिवालयले उनको स्वास्थ्य लाभका लागि प्रार्थना गरिदिन सवैसँग अनुरोध गरेको छ ।

“हामी सवै स्वदेशी तथा विदेशी मित्र तथा शुभेच्छुकहरूसँग उहाँको स्वास्थ्य लाभको कामना गरिदिनुहुन अनुरोध गर्दछौँ । त्यसैगरी उहाँको उपचारमा संलग्न चिकित्सकहरुको टोलीले सम्भव भएसम्मका सवै प्रयासहरू गरिरहेकोले उनीहरुलाई सफलता प्राप्त हुने विश्वास लिएका छौँ,” सचिवालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा उनको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत विवरण भने उल्लेख गरिएको छैन । राजधानी लुकासामा रहेको मैना सोको मेडिकल सेन्टरमा उनको उपचार भइरहेको छ ।

जिम्बाबेमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्यामा अस्वाभाविकरूपमा बृद्धि हुँदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

जिम्बाबेमा अहिलेसम्म कुल एक लाख आठ हजार सङ्क्रमित भएका छन् भने एक हजार ३४८ जनाको मृत्यु भएको छ ।

बेलायती उपनिवेशबाट मुलुकलाई मुक्त गराउन नेतृत्वदायी भूमिका खेलेका काउन्डा सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ३० बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण