जिम्बाबेका प्रथम राष्ट्रपति काउन्डालाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

जिम्बाबेका प्रथम राष्ट्रपति काउन्डालाई कोरोना भाइरसको संक्रमण


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुकासा(एपी)- जिम्बाबेका प्रथम राष्ट्रपति केनेथ काउन्डालाई कोरोना भाइरसबाट संक्रमण भएको छ ।

कोभिड सङ्क्रमणपछि स्वास्थ्यमा थप जटिलता आएपछि ९७ बर्षीय काउन्डालाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् ।

दक्षिण अफ्रिकी मुलुक जिम्बाबेका पूर्वराष्ट्रपति काउन्डाको निजी सचिवालयले उनको स्वास्थ्य लाभका लागि प्रार्थना गरिदिन सवैसँग अनुरोध गरेको छ ।

“हामी सवै स्वदेशी तथा विदेशी मित्र तथा शुभेच्छुकहरूसँग उहाँको स्वास्थ्य लाभको कामना गरिदिनुहुन अनुरोध गर्दछौँ । त्यसैगरी उहाँको उपचारमा संलग्न चिकित्सकहरुको टोलीले सम्भव भएसम्मका सवै प्रयासहरू गरिरहेकोले उनीहरुलाई सफलता प्राप्त हुने विश्वास लिएका छौँ,” सचिवालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा उनको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत विवरण भने उल्लेख गरिएको छैन । राजधानी लुकासामा रहेको मैना सोको मेडिकल सेन्टरमा उनको उपचार भइरहेको छ ।

जिम्बाबेमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्यामा अस्वाभाविकरूपमा बृद्धि हुँदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

जिम्बाबेमा अहिलेसम्म कुल एक लाख आठ हजार सङ्क्रमित भएका छन् भने एक हजार ३४८ जनाको मृत्यु भएको छ ।

बेलायती उपनिवेशबाट मुलुकलाई मुक्त गराउन नेतृत्वदायी भूमिका खेलेका काउन्डा सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ३० बजे

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना

अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह

एम्स्टर्डम – निर्वासित बेलारुसकी विपक्षी नेतृ स्वेतलाना तिखानोभ्स्कायाले शनिबार अमेरिकी