रोगको उपचार ताली बजाउनु ! | Khabarhub Khabarhub

रोगको उपचार ताली बजाउनु !


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतः मानिस खुशी हुँदा वा कसैलाई प्रोत्साहित गर्दा ताली बजाउछौं । तर, तालीले मुटु, दम, फोक्सो, ग्याष्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्दछ । पत्यार नलाग्ला, ताली बजाउनु स्वास्थ्यकालागि निकै लाभदायी मानिन्छ ।

यस्ता छन् ताली बजाउनुका फाइदाहरु
१. ताली बजाउँदा पाचन समस्या भएकाहरूले समेत लाभ पाउँछन् । यसकालागि दाहिने हातका चार औंलामा जोड पर्नुपर्छ । बिहान उठ्ने बित्तिकै कम्तीमा १५ मिनेट तालि बजाउँदा पाचन समस्यामा सुधार पाउन सकिन्छ ।

२. दैनिक १५ देखि २० मिनेटसम्म औंलाले औंलामा जोड पर्ने गरी तालि बजाउँदा ढाड, घाँटी, जोर्नी दुख्नेहरुमा विशेष लाभ मिल्दछ ।

३. न्युन रक्तचापको समस्या भएकाले सिधा भएर उभिने र हात हावामा माथि उठाएर ताली बजाउँदा यो समस्याबाट छुट्कारा मिल्दछ ।

४. कुनै व्यक्ति मुटु र फोक्सो सम्बन्धी समस्याबाट पीडित छ भने उसकालागि ताली सही उपचार हुनसक्छ । यसले मुख्य र सहायक धमनीमा भएका अवरोध हटाउँछ र स्वस्थ पार्छ ।

५. तालीले मानिसमा रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्दछ । साथै कुनै पनि रोगसंग लड्न सक्ने बनाउँछ ।

स्मरण रहोस् ताली बजाउँदा यसले रगतको प्रवाहलाई सुचारू गर्न मद्दत गर्छ । तर, खाना खाएको एक घण्टापछि मात्र ताली बजाउनु राम्रो हुन्छ । साथै राम्रो परिणाम पाउनु छ भने हातमा नरिवलको या तोरीको तेल लगाउनु पर्दछ, ताकि शरीरले यो तेल सोस्न सकोस । ताली एक्युप्रेसरको एउटा रूप भएकाले कुनै गम्भीर रोग छ भने चिकित्सकको जानु नै वेश हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : ३० बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु