आहा ! मात्र १९ रुपैयाँ घर ? अनि घर किन्नेलाई ६ लाख पनि ? « Khabarhub

आहा ! मात्र १९ रुपैयाँ घर ? अनि घर किन्नेलाई ६ लाख पनि ?


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घर किन्नु परे कति पैसा पर्ला ? शहर बजारमा भए करोड घटिमा के आउला । पहाडि वा तराइका गाउँमा समेत घर किन्न लाखौं तिर्नु पर्दछ । तर विश्वमा एक यस्तो स्थान छ, जहाँ केवल १९ रुपैयाँमा घर आउँछ । त्यो पनि विकसित मानिएको युरोपेली देश क्रोएसियामा ।

सुन्दा पत्यार नलाग्ला, तर पूर्वी युरोपेली देश क्रोएसियामा केवल १ क्रोएसियन कुना अर्थात नेपाली १९ रुपैयाँमा घर किन्न पाइन्छ । त्यो पनि चानचुने होइन, १५०० वर्गफुटमा फैलिएका घर । रोयटर्सका अनुसार क्रोएसियाको लेग्राड नामक शहरमा अहिलेसम्म यहि दरमा १७ वटा घर बिक्रि भइसकेका छन् ।

लेग्राड ६२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शहर हो । जसको जनसंख्या केवल २ हजार २५० छ । यस्तोमा शहरको जनघनत्व कम नहोस् भनेर यहाँका घरलाई यति सस्तोमा बेच्ने निर्णय गरिएको हो । लेग्राडका मेयर इभान साबोलिकका अनुसार यहाँ यातायातको सुविधा नगन्य छ ।

यस शहरमा घर किन्न भने केही सम्झौताहरु गर्नु पर्ने हुन्छ । सम्झौतामा घर किन्ने व्यक्ति १५ वर्षसम्म त्यही शहरमा बस्नुपर्छ । यस्तोमा पुराना भएका घरको मर्मत सरकारले गरिदिनेछ । यतिमात्र होइन, नयाँ जीवन सुरु गर्न घर किन्ने व्यक्तिलाई ३५ हजार कुना अर्थात ६ लाख ६३ हजार भन्दा बढि रुपैयाँ पनि दिइनेछ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ५३ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई