लिभरपुलको उत्कृष्ट पुनरागमन, चार गोल खाएर वार्सिलोना बाहिरियो « Khabarhub

लिभरपुलको उत्कृष्ट पुनरागमन, चार गोल खाएर वार्सिलोना बाहिरियो


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिभरपुलले बार्सिलोनालाई ४–० गोल अन्तरले पराजित गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले बार्सिलोनालाई लगातार ४ गोल हानेको हो । यो जितसँगै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल दुई मुख्य फरवार्ड रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाबिनै मैदान उत्रिए पनि सानदार जीत निकाल्न सफल भयो ।

लिभरपुलको जितमा डिभोक ओरिगी र जर्जिनियो वाइनाल्डमले समान २–२ गोल गरे । खेलको ७ औ मिनेटमा ओरिगीको पहिलो गोलले लिभरपुललाई अग्रता दिलायो ।

त्यसपछि ५४ औ मिनेटमा वाइनाल्डमले अर्को गोल गरे । उनले ५६औ मिनेटमा फेरि एक गोल गर्दै लिभरपुललाई जीत नतिक पुर्‍याए ।

त्यस्तै खेलको ७९ औ मिनेटमा ओरिगीले चौथो गोल थप्दै लिभरपुरलाई विजयी गराए ।

लिभरपुलले उपाधिका लागि टोटेनहम र अजाक्सबीचको विजेतासंग भिड्ने छ । यो खेल आगामी जुन १ मा हुनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ६ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै