मेलम्चीको बाढीमा बेपत्ता एकको शव फेला, ४५ जनाको उद्धार « Khabarhub

मेलम्चीको बाढीमा बेपत्ता एकको शव फेला, ४५ जनाको उद्धार


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये एक जनाको पुरुषको शव फेला परेको छ । शवको सनाखत भने हुन नसकेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

उनका अनुसार हालसम्म सात जना बेपत्ता भएका छन् । बेपत्तामध्ये एक जनाको शव फेला परेपनि अन्य ६ जनाको खोजी कार्यजारी रहेको उनले बताए ।

बेपत्ता भएकाहरू कुन क्षेत्रमा काम गर्थे र कसरी हराए भन्ने जानकारी नभएकाले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको उनले बताए ।

बाढीमा फसेका तीन जना नेपाली र तीन जना चिनियाँ नागरिकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी ललितपुरको बी एण्ड बी अस्पतालमा लगिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

हालसम्म बाढीमा फसेका ४५ जना नेपाली र विदेशी नागरिकको उद्धार भइसकेको पनि खनालले बताए ।

बाढीले आसपासका वस्तीहरु बगाएको र मंगलबार रातिदेखि विद्यूत सेवा पनि अवरुद्ध भएको छ । उक्त क्षेत्रमा बाढीका कारण भएको क्षतिको पूर्ण विवरण आउन नसकेको सहायक प्रजिअ खनालले बताए ।

उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता जीवन रक्षा भएकाले मानिसहरूको उद्धार गरिरहेका छौँ ।’

बाढीका कारण इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पक्की पुल भत्किएर सडक अवरुद्ध भएको छ । उक्त पुल नजिकैको अर्को पक्की पुल र गेट पनि भत्किएको जानकारी आएको उनले बताए । निरन्तर पानी परिरहेकाले क्षतिको पूर्ण विवरण संकलन गर्न समस्या भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ३२ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको