मेलम्चीको बाढीमा बेपत्ता एकको शव फेला, ४५ जनाको उद्धार | Khabarhub Khabarhub

मेलम्चीको बाढीमा बेपत्ता एकको शव फेला, ४५ जनाको उद्धार


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये एक जनाको पुरुषको शव फेला परेको छ । शवको सनाखत भने हुन नसकेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

उनका अनुसार हालसम्म सात जना बेपत्ता भएका छन् । बेपत्तामध्ये एक जनाको शव फेला परेपनि अन्य ६ जनाको खोजी कार्यजारी रहेको उनले बताए ।

बेपत्ता भएकाहरू कुन क्षेत्रमा काम गर्थे र कसरी हराए भन्ने जानकारी नभएकाले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको उनले बताए ।

बाढीमा फसेका तीन जना नेपाली र तीन जना चिनियाँ नागरिकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी ललितपुरको बी एण्ड बी अस्पतालमा लगिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

हालसम्म बाढीमा फसेका ४५ जना नेपाली र विदेशी नागरिकको उद्धार भइसकेको पनि खनालले बताए ।

बाढीले आसपासका वस्तीहरु बगाएको र मंगलबार रातिदेखि विद्यूत सेवा पनि अवरुद्ध भएको छ । उक्त क्षेत्रमा बाढीका कारण भएको क्षतिको पूर्ण विवरण आउन नसकेको सहायक प्रजिअ खनालले बताए ।

उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता जीवन रक्षा भएकाले मानिसहरूको उद्धार गरिरहेका छौँ ।’

बाढीका कारण इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पक्की पुल भत्किएर सडक अवरुद्ध भएको छ । उक्त पुल नजिकैको अर्को पक्की पुल र गेट पनि भत्किएको जानकारी आएको उनले बताए । निरन्तर पानी परिरहेकाले क्षतिको पूर्ण विवरण संकलन गर्न समस्या भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ३२ बजे

मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने

मुस्ताङ – मुस्ताङको मुक्तिनाथ विकास समितिले मुक्तिनाथ र यसक्षेत्रका धार्मिकस्थललाई

एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले एकै पटक ७२ जना सहसचिवको सरुवा गरेको

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मामा आज जिप दुर्घटना हुँदा

कारागारमा झडपपछि कैलालीका सीडीओ मन्त्रालय तानिए

काठमाडाैं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई गृह

जटिल नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जटिल