पहिरोको पूर्वसुचना प्रणाली यो वर्ष ३६ पालिकामा लागू हुने « Khabarhub

पहिरोको पूर्वसुचना प्रणाली यो वर्ष ३६ पालिकामा लागू हुने



काठमाडौँ– मनसुनको सक्रियतासँगै देशका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्‍याएको छ ।

बुधबारसम्म म्याग्दीका विभिन्न ठाउँका २९ घर विस्थापित भएका छन् । अविरल वर्षासँगै गएराति सिन्धुपाल्चोकको मेलम्ची बजार बाढीले डुबायो ।

बुधवार १ बजेसम्म एक जनाको शव फेला परेको छ । ४५ जनाको उद्धार भएको छ । ६ जना बेपत्ताको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

हरेक वर्ष मनसुनमा ४ सयभन्दा बढीले ज्यान गुमाउने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
मनसुनमा बाढीबाट भन्दा धेरै पहिरोबाट क्षति हुने गरेको छ ।

बाढीको पूर्वानुमान गर्न सकिने तर पहिरोको पूर्वानुमान गर्न नसक्दा हरेक वर्ष ३ सयको हाराहारामी पहिरोमा पुरिएर मानिसहरुले ज्यान गुमाउने गरेको प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेल बताउँछन् ।

तर प्राधिकरणले यस वर्ष पहिरोको पूर्वानुमान प्रणालीको सुरुवात गरेको छ ।

पहिरोको पूर्वानुमानका लागि ‘प्रभावमा आधारित पूर्वसुचना प्रणाली’ लाई पायलट प्रोजेक्टको रुपमा प्रयोग गर्न लागिएको उनले बताए ।

उनकाअनुसार यस वर्ष पहिरोको उच्च जोखिममा रहेको ९ जिल्लाका ३६ पालिकाहरुमा यो प्रणालीको प्रयोग गरिनेछ ।

‘शुरुमा सिन्धुपाल्चोक, गोरखा, रसुवा, बाग्लुङ्ग, स्याङ्जा, म्याग्दी, दैलेख, जाजरकोट, कालीकोट गरी ९ जिल्लाका ३६ वटा स्थानीय तहमा पायलट प्रोजेक्टका रुपमा सञ्चालन गरिनेछ’ उनले खबरहबसँग भने ।

जल तथा मौसम विभाग, प्राधिकरण, खानी तथा भूर्गभ विभाग, ३६ वटै पालिकाका प्राविधिकको सहकार्यमा यो प्रणालीको प्रयोग हुनेछ ।

यस प्रणालीबाट प्राप्त हुने सुचना सम्भाव्य प्रभावित बासिन्दाहसँग स्थानीय प्राविधिक टोलीले पुर्याउने प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा बताउँछन् ।

‘यस वर्ष हामीले सम्भाव्य प्रभावित स्थानीय तहमा फोन र इमेलमार्फत जानकारी दिनेछौँ’ उनले भने, ‘पालिकाले समुदायस्तरमा खरब पुर्‍याउने गरी काम गर्ने सहमति भएको छ ।’

अहिले बाढी प्रभावितहरुका लागि जल तथा मौसम विज्ञान विभागबाट सन्देश दिने गरेको छ ।

त्यसरी नै आउने वर्षहरुमा पहिरो प्रभावित बासिन्दासम्म सन्देश पुर्‍याउने योजना रहेको उनले बताए ।

यो सुचना प्रणाली लागू भएपछि भारी बर्षा हुने स्थानहरुको खोला नदीमा बाढीको अवस्था, त्यस क्षेत्रको जनजीवनमा पार्न सक्ने क्षति, पहिरो जान सक्ने, नसक्ने अवस्था लगायतको पूर्वानुमान हुने र यसले मानवीय र भौतिक क्षति घटाउन मद्दत पुग्ने उनको भनाइ छ ।

विभिन्न देशले समेत यस्तो अभ्यास गरिसकेकोले नेपालमा पनि यो प्रभावकारी हुने देखिन्छ ।

त्यसो त यो प्रणालीको प्रभावकारी कार्यान्वयन हुन सकेमा हालसम्म विपद्का कारण हुदै आएको क्षति न्यूनीकरण गर्न सकिने आशा विपद् विज्ञहरुले गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  २ : ५३ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६