हिलोले रौतहटको बंकुल बजार अस्तव्यस्त « Khabarhub

हिलोले रौतहटको बंकुल बजार अस्तव्यस्त


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– ढल तथा नाला व्यवस्थापन नहुँदा जिल्लाको बौद्धीमाई नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने बंकुल बजार हिलोले अस्तव्यस्त बनेको छ । सम्बन्धित पालिका र वडाध्यक्षले सडक मर्मतमा चासो नलिँदा बंकुल बजार हिलाम्य भएको हो । नहरबाट सरमुजवा गाउँ तथा मौलापुर जाने बजारको मूल सडकमै सवारी साधन गुड्न नसक्ने भएको छ ।

सडकको हिलोमा चिप्लेर मोटरसाइकल चालक तथा पैदल यात्रु दिनहुँ लडेर दुर्घटनामा पर्ने गरेको स्थानीयवासी उतिम यादवले गुनासो गरे । ‘बजारका लागि नाला निर्माण गर्न खनिएको खाल्डो त झन् ज्यानमारा बनेको छ’ उनले भने, ‘न नाला बन्छ, न सडक नै ।’

चाँडो हिलो र नालाको समस्या समाधान नभए बंकुल बजारबासी आन्दोलन गर्न बाध्य हुने यादवले चेतावनी दिए।

नगरपालिकै मुख्य र पुरानो बजारका रुपमा ख्याति कमाएको बंकुल बजारलाई व्यवस्थापन गर्न जनप्रतिनिधि निर्वाचित भएको झन्डै चार वर्ष बितिसक्दा पनि सडक तथा नाला निर्माण गर्न जनप्रतिनिधिले चासो नदेखाएको स्थानीयवासीले आरोप लगाएका छन् ।

सडकमा आवतजावत गर्ने मोटरसाइकल, साइकल चालक र पैदलयात्री चिप्लेर दिनहुँ लड्ने गरेको स्थानीयवासी भागेश्वर यादवले गुनासो गरे । यस अवधिमा धेरैको हातखुट्टा भाँचिएको छ ।

वर्षा लागेपछि र बजेट फ्रिज हुन एक महिना बाँकी रहँदा असार महिनामा बजेट पचाउन हतारहतारमा अहिले असारे योजना सञ्चालन भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।

जिल्लाका १६ नगरपालिका र दुई गाउँपालिकाका सबै वडामा निर्माण भइरहेको नाला, सडक ढलानलगायत निर्माणका काममा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको स्थानीयवासीले गुनासो गरेका छन् । –रासस

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ४५ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको