यस्तो छ राष्ट्रपति कार्यालयद्वारा सर्वोच्चमा पेश गरेको लिखित जवाफ (पूर्णपाठ) | Khabarhub Khabarhub

यस्तो छ राष्ट्रपति कार्यालयद्वारा सर्वोच्चमा पेश गरेको लिखित जवाफ (पूर्णपाठ)


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति कार्यालयले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्चले माग गरेको लिखित जवाफ पेश गरेको छ ।

संवैधानिक इजलासले लिखित जवाफ माग गरेको समयभित्रै राष्ट्रपति कार्यालयले महान्यायाधिवक्तामार्फत बिहीबार अदालतलाई जवाफ पठाएको हो ।

राष्ट्रपतिको कार्यालयद्वारा पेश गरिएको जवाफमा प्रधानमन्त्रीको लागि दाबी गर्ने दुवै शेरबहादुर देउवा र केपी शर्मा ओली पक्षका सांसदहरु दोहोरिएको, दलको निर्णय विपरित रहेको उल्लेख गरिएको छ ।

‘दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थन कर्ता भनिएका सदस्यहरु एक अर्कोको दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको समेत देखिएको हुनाले दुवै माननीय सदस्यहरुले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिमका प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले दावीकर्ता दुबै माननीय सदस्यहरुको दावी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्त गर्न मिल्ने देखिएन् ।’ राष्ट्रपति कार्यालयद्वारा बुझाइएको पत्रमा भनिएको छ ।

यसैगरी केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैजनाले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएकाले दुवैलाई प्रधानमन्त्रीमा नियुक्त नगरिएको उल्लेख छ ।

दलीय संरचनाको आधारमा प्रधानमन्त्री नियुक्ति हुने र सरकार गठन तथा सञ्चालन हुने कुरा नै संविधानले अंगिकार गरेको भन्दै कुनै एक दलबाट निर्वाचित सांसदले व्यक्तिगत रूपमा अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न नसक्ने कुरा समेत जवाफ उल्लेख गरिएको छ ।

यस्तो छ जवाफको पूर्णपाठ

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ६ : १८ बजे

केराबारी गाउँपालिकाका क्रसरमा ज्यानमारा खाल्डो, लियो दुई बालकको ज्यान

विराटनगर– मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर

इजरायलको आक्रमणमा १३ सय बढीको मृत्यु : लेबनानबाट सयौं प्रक्षेपण

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो तीन सातामा

देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा वर्षा 

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

नवलपरासी– भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज १८ गते शुक्रबार सन्